Powered by Blogger.
अखिल फुटसल कप–२०८०’ का सहभागीहरुलाई पुरस्कार बितरण


काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्वारा आयोजित दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रममा ‘अखिल फुटसल कप’ का विजेता तथा उपविजेतालाई पुरस्कार बितरण गरिएको छ ।

गत साउन ८ देखि १० गते सम्म भएको अखिल कपको विजेतालाई एक विशेष शुभकामना आदन प्रदान कार्यक्रम गरि पुरस्कृत गरिएको हो । 

साउन १० गते भएको फाइनल खेलमा त्रिचन्द्र क्याम्पसलाई हराउँदै शंकरदेव क्याम्पसले उपाधी हात पारेको थियो ।

विजेता शंकरदेव क्याम्पसलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता त्रिचन्द्र क्याम्पसलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै विविध विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार तथा वेस्ट प्लेयर अवार्ड दिइएको थियो ।

पुरस्कार अनेरास्ववियु आरआर क्याम्पस कमिटी अध्यक्ष लोकेश खड्काले प्रदान गर्नुभएको थियो । खड्काका अनुसार आरआर अनेरास्ववियुले आगामी दिनहरुमा पनि यस्ता रचनात्मक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । 



अनेरास्ववियु आरआर क्याम्पस कमिटी अध्यक्ष लोकेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा समिक बडाल, विशेष अथितिको रुपमा नेकपा एमालेका सचेतक महेश बर्तौला, क्याम्पस प्रमुख जीवनधर ज्ञवाली, अनेरास्ववियुका अन्य नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

 उपस्थित अथितिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । मायाको चिनो खड्काले प्रदान गर्नुभएको थियो ।




0 comments

Write Down Your Responses