Powered by Blogger.
साहित्यसँगसँगै फूल खेति गर्दे शान्ति प्रियवन्दना


मकवानपुर । शान्ति प्रियवन्दना साहित्यिक क्षेत्रमा स्थापित नाम । हेटौंडा स्थायी बसोबास गर्नुहुने उहाँ भन्नुहुन्छ– फूलखेति एउटा सुन्दर कविताभन्दा कम छैन । 

नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य) विभाग सदस्य तथा प्रलेस केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ । उहाँले तिहार तथा विभिन्न कार्यक्रम लक्षित गरी सयपत्री फूल खेती गर्नु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित नगरविकासका खाली घरेडीहरु वर्षौँदेखि बाँझो थिए । तीमध्ये अझै धेरै बाँझै नै छन् । तिनै बाँझो जमिनमध्येका केही जमिनहरुमा भएका ठूलाठूला झाडिहरु फाँड्ने, ट्याक्टर लगाएर जोत्ने, खन्ने, बिरुवा रोप्ने, गोड्ने, मलपानी हाल्ने सम्मको कामहरु गरेपश्चात् आज त्यहाँ ढकमक्क सयपत्री फूलेका छन् ।

तिहारमा घर सजाउन चीन, भारतबाट प्लास्टिकका तथा अन्य फूलहरू आइरहेका समयमा साहित्य सर्जक, साहित्य प्रेमीहरू र कम्तिमा हेटौंडाबासीले फूल खरीद गरिदिनु भए यस्ता बाँझो जग्गाको सदुपयोग र स्थानीय उत्पादनलाई प्रोत्साहन मिल्ने देखिन्छ ।  

धादिङमा नगरपालिकाद्वारा नै बीउ वितरण गरिएकोले यहाँ पनि त्यसको अनुसरण गर्नुपर्ने उहाँले बताउनु भयो । फूल खेतीका अर्का सहयात्री कल्पना कार्कीले धादिङबाट बिरूवा व्यवस्थापन गरी हाल दुवैजनाको सहकार्यमा फूल उत्पादन गरिएको छ ।

तिहारका लागि बजारमा जाने तयारीमा रहेका फूल खेतिका लागि जमिनमा ट्याक्टर लगाउने बाहेका अन्य सम्पूर्ण कामहरु हामीले कार्कीसँग सहकार्यमा निकै परिश्रम बगाउनुका साथै आवश्यक फूलका लागि उहाँको मेसेन्जर तथा फोनमार्फत् खरीद तथा अर्डर गर्न सकिने जानकारी दिनुभयो ।

खेतियोग्य जमिन प्लटिङपश्चात् बाँझै रहेकाले त्यस्ता जमिनको सदुपयोगका लागि विविध बालीनाली, फलफूल, दलहन, तेलहन आदि खेति गर्नका लागि स्थानीय तहले प्रोत्साहन गर्नुपर्दछ । 

हाल वडा नम्बर ४ को ३ कट्ठा जमिनमा परीक्षणका रूपमा फूल लगाइएको र आउँदो वर्ष सो बाहिर समेत विविध खेति कार्य गर्ने उहाँको योजना रहेको छ । 

यस्ता कार्यका लागि आवश्यक नीति निर्माणमा यथाशीघ्र जुट्न सके आउँदा वर्षहरूमा नगरविकासका खाली जमिनहरुमा धेरैको उत्साहजनक सहभागिता भएर ढकमक्क सयपत्री फूल फुलेको हेर्ने सपना देखेको उहाँ बताउनुहुन्छ ।




0 comments

Write Down Your Responses