Powered by Blogger.
मानव बेचबिखनको जोखिम बढ्दो


काठमाडौँ । पछिल्लो समयमा विभिन्न उमेर समूहका महिला सामाजिक सञ्जालका साथै आफन्तबाट जोखिममा पर्ने गरेको पाइएको छ ।’शक्ति समूह’ नामक सामाजिक संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य बाहिरिएको हो।

बालिका तथा महिलालाई सामाजिक सञ्जालबाट परिचय शुरु गर्ने, क्रमशः झुठा आश्वासन दिएर जोखिममा पार्ने, आफन्तले पनि विभिन्न प्रलोभनमा पारेर बेचबिखन गर्ने पाईएको हो।  

मानव बेचबिखनमा परेका बालिका तथा महिलाहरूको उद्धार, परामर्श तथा व्यवसायिक सिपका माध्यमबाट पुनः स्थापनाका साथै अधिकारका क्षेत्रमा कृयाशिल सो संस्थाले विभिन्न बहानामा बेचिएका बालिका तथा महिलाहरुमा गहिरो अध्ययन तथा अनुसन्धान गरेको संस्थाका अध्यक्ष चरिमाया तामाङले जानकारी दिनुभयो।

मानव बेचबिखन न्यूनीकरणमा संचारकर्मीको भूमिका विषयक अन्तरकृयामा नेपाल प्रेसका सम्पादक मातृका पौडेलले त्यस्तै बेचबिखन कार्य विगतमा भारतका विभिन्न शहर हुने गरेकामा अहिले दक्षिण एसिया, अफ्रिका, युरोपलगायतका मुलुकमा पनि जोखिम बढेको जानकारी दिनुभयो। जोखिममा पुरुष पनि पर्ने गरेको उहाँको भनाइ थियो।

शक्ति समूह एक गैर–लाभकारी तथा त्यस्ता जोखिमबाट प्रभावितको हक, हित र अधिकारका लागि सम्बन्धित पक्षलाई दवाव दिन आवश्यक गतिविधि संचालन गर्दै आएको छ।बेचबखिन प्रभावित महिलाहरुको समूहले विभिन्न जिल्लामा उद्दारका कार्य तथा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ।

सन् १९९६ मा स्थापित गैरसरकारी संस्था ’शक्ति समूह’ ले सङ्गठन रमोन मग्ससेयलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार विजेताका रुपमा आफूलाई स्थापित गरेको छ। विभिन्न बहानामा बेचिएका नेपाली बालिका तथा महिलाहरूको उद्धारमा काम गरिरहेको गैरसरकारी संस्था ’शक्ति समूह’ ले दलालहरुले सम्पर्क गर्ने र विभिन्न आश्वासन दिएर जोखिममा पार्ने गरेका धेरै घटना शक्ति समूहमा आइपुगेको संस्थाले जनाएको छ ।


0 comments

Write Down Your Responses