Powered by Blogger.
भूकम्प पीडितलाई तत्काल पुनःस्थापना गर्न किसान महासंघको आग्रह


काठमाडौँ । अखिल नेपाल किसान महासंघले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त प्रकट गरेको छ ।

महासंघका अध्यक्ष बलराम बाँस्कोटाले जारी गर्नु भएको विज्ञप्तिमा शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्दै पीडितलाई गाँस, बास, कपास, पुनःस्थापना का साथै पिडितलाई आर्थिक सहयोग उपलव्ध गराउन सबैसँग अपिल गरिएको छ ।

पीडितको उद्वार तथा आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गरेको विज्ञप्तिमा कर्णाली प्रदेशका किसानलाई पिडितको उद्वार कार्यमा सरकारलाई आबश्यक सहयोग गर्न निर्देशन दिईएको छ ।

विज्ञप्तिमा सरकारले पिडितको उद्धारमा देखाएको अग्रसरताको सराहना गर्दै प्रकृतिक विपत व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

महासंघले पनि पिडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईएको विज्ञप्तिमा विपतको बेलामा सबै प्रकारका सहयोग तथा राहत व्यवस्थापन गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह गरिएको छ ।

शुक्रवार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म १५२ जनाको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।



0 comments

Write Down Your Responses