Powered by Blogger.
पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित


काठमाडौं । थाहा नगरपालिकाको विकासका दृष्टिले निक्कै पछि परेको गाउँ नाकछेडामा आजसम्म कुनैपनि सांसद पुगेका थिएनन् । यो पटक भने त्यस्तो भएन  । 

मकवानपुर–२ का सांसद महेश कुमार बर्तौला थाहाका अगुवाहरुसहित विकट नाकछेडा पुगेपछी स्थानीय हर्षित भए ।

सांसद बर्तौलाले बुधबार दिउँसो करिब २ घण्टा स्थानीयहरुसङ्ग विभिन्न बिषयमा छलफल गरेका थिए । स्थानीयहरुले सडक बाटो निर्माण, खानेपानी पुर्वाधार निर्माण तथा विद्यालयको भवनहरु निर्माण गरि दिन माग गरेका थिए ।

एमाले सचेतक समेत रहेका बर्तौलाले त्यसैलाई पूरा गर्न आफूले सरकारसङ्ग कुरा गर्ने आश्वासन व्यक्त गरेका थिए । स्थानीयवाशी आँगनमै सांसद आएर आफुहरुको समस्या रुचिपूर्वक सुनेकामा खुसी भएका थिए ।  

नाकछेडा गाउँ थाहा नगरपालिकाको ११ नम्बर वडामा पर्दछ भने यो गाउँ धादिङको थाक्रे गाउँपालिकाको नजिक पर्दछ ।





0 comments

Write Down Your Responses