Powered by Blogger.
जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका कार्कीको उम्मेद्वारी


थाहानगर । नेपाल जेसीज बर्ष २०२४को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदस्यता बिस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक, २०१८ मा सुरेन्द्रमान ओराटरी कन्टेस्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२० कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ कानुनी सल्लाहकार, २०२३ मा शाखा अध्यक्ष हुँदै २०२४का लागि राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् ।

२० बर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले बताउनुभयो । कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने बताउनुभयो ।

थाहा नगरपालिका वडा नं. ३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालय ईङ्लिस सेकेन्डरी स्कूल थाहा ४ को बिद्यालय संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण माध्यमिक बिद्यालय थाहा ३ को मानबिकी संकाय संयोजक हुनुहुन्छ ।

नेपाल जेसीजका निर्वाचन आयुक्त लालमणी भण्डारीका अनुसार निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेद्वारीे तालिम, अन्तरवार्ता, ककश पश्चात मंसिर २९ देखि पौष २ गतेसम्म बुटवलमा हुने ५० औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नेपाल जेसीज बर्ष २०२४को लागि १ अध्यक्ष पदका लागि ५ जनाको उम्मेद्वारी परेकोछ । 



त्यस्तै कार्यकारिणी उपाध्यक्ष ४ जनाको लागि १३ जनाको र १२ जना उपाध्यक्ष पदका लागि २२ जनाको उम्मेद्वारी परेको छ ।–राजकुमार के.सी.


0 comments

Write Down Your Responses