Powered by Blogger.
तिहार ‘फ्लोरा एक्सपो’को तेश्रो दिन फूल किन्नेको चाप ह्वात्तै बढ्यो


काठमाडौं । तिहार फ्लोरा एक्सपो २०८० को तेश्रो दिन अवलोकनकर्ताहरुको चाप बढेको छ । काठमांडौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा मंगलबारबाट शुरु भएको तिहारको उत्सव फूलको महोत्सव भन्दै नर्सरी ब्यवसायीसंघले गरेको एक्सपो तेश्रो दिनसम्म झन्डै २० हजारले अवलोकन गरेको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सेनाले बताए । 

तिहार फ्लोरा एक्सपो २०८० मा ६२ वटा स्टलमा १ सय ५० भन्दा बढी प्रजातीका फलफूल तथा बिरुवाहरु प्रदर्शनमा राखीएका छन् ।  एकै टाउमा सबै प्रकारका नर्सरी फलफूल तथा बिरुवाहरु पाइने भएकाले ग्राहकहरु दोहोराइ तेहराई किन्नका लागि आएको ब्यवसायीहरुले बताए । 

तिहार फ्लोरा एक्सपो २०८० मा  ४० रुपैया देखि २० हजार मुल्यसम्मका फलफूल  तथा बिरुवाहरु बिक्रिमा राखीएको छ ।  कात्र्तिक १४ गते शुरु भएको  एक्सपो  १८ गतेसम्म चल्ने छ ।


 

तिहार फ्लोरा एक्सपो २०८० को तेश्रो दिन भृकुटीमण्डपमा फूल बिरुवा पारखीहरुको बढ्दो चाप देखियो । तिहार पर्व नजिकिदै गर्दा गोदावरी सयपत्रीको सबैभन्दा बढी खरीदबिक्री एक्सपोमा देखियो ।

तिहार फ्लोरा एक्सपोमा गुह्ेश्वरी नर्सरीले गोदावरी र सयपत्री राखेको स्टल नै बिक्री गरेर खाली नै भयो । गुह्ेश्वरी नर्सरीका प्रताप बस्नेतले तेश्रो दिन १ लाखको हाराहारीमा गोदावरी र सयपत्री बिक्री भएको बताए ,उनले भने  तिहार नजिकिएर होला तिहार फ्लोरा एक्सपोमा हामीले राखेको गोदावरी र सयपत्रीको माग उपत्यका बाहिरबाट नी भयो त्यसैले आज सोचे भन्दा बढी बिक्री भयो । तिहार फ्लोरा एक्सपोमा ५ दिनको समयअवधीमा  ३० हजार बढीले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।




0 comments

Write Down Your Responses