Powered by Blogger.
मकवानपुरे समाजद्धारा विभिन्न चाडपर्वको अवसरमा चियापान


काठमाडौं । मकवानपुरे समाज काठमाडौंले बिभिन्न चाड पर्वहरुको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

जमल–१ सेतोढोका स्थित साकुरा बिजनेश हाउसमा आयोजना गरिएको कार्यक्रमका सभापती   समाजका अध्यक्ष अरुण गुरुङ, कार्यक्रम संयोजक उपाध्यक्ष केशव अधिकारी, प्रमुख अतिथी एवं संस्थाका प्रमुख सल्लाहकार  वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, बिशिष्ठ अतिथी समाजसेवी राजनितिज्ञ तथा सल्लाहकार बिद्युत बज्राचार्य, नेपाल पर्यटन बोर्डका डाईरेक्टर मणिराम लामीछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, पत्रकारिता विषयका लेक्चरर तथा दामन पोष्ट साप्ताहिक र दामन पोष्ट डटकमका सम्पादक  शन्तराम बिडारी लगायत सहभागी हुनुभएको थियो । 



कार्यक्रममा अतिथीमा सल्लाहकार श्याम महत, राजेश सिं बस्नेत, उद्योगी ब्यवसायी उदय भण्डारी, जिल्ला वन अधिकृत राजेश्वर मान श्रेष्ठ ,उपाध्यक्ष दीपक कार्की, दिलिप श्रेष्ठ, कोषाध्यक्ष राजेश थापा  लगायत सम्पुर्ण कार्यसमिती र उप समिती पदाधीकारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको  संचालन सचिव विधान रीजालले गर्नुभएको थियो । 

कार्यक्रममा बिभिन्न क्षेत्रका मकवानपुरेहरुको  उल्लेख्य सहभागीता रहेको थियो । 









0 comments

Write Down Your Responses