Powered by Blogger.
नवनिर्मित व्यारेक भवन उद्घाटन


काठमाडौं । नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंज परिसरमा नवनिर्मिति महिला प्रहरी व्यारेक भवन उद्घाटन भएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आइतबार सोही कार्यालयमा आयोजित कार्यक्रमबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले नवनिर्मित व्यारेक भवनको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले नवनिर्मित महिला प्रहरी व्यारेक भवनले लैंगिकमैत्री वातावरणको सिर्जना गर्नुका साथै महिला प्रहरीहरूको कार्यसम्पादनमा समेत उत्प्रेरणा बढाउने विश्वास व्यक्त गर्नुभयो । 

भौतिक पूर्वाधार प्रहरी कार्य सम्पादनको प्रमुख कडी भएको चर्चा गर्दै नवनिर्मित व्यारेक भवनको उचित सदुपयोग र नियमित मर्मत संभारमा सबैको सक्रियता हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई.शम्भु प्रसाद कोइरीले नवनिर्मित व्यारेक भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

नेपाल सरकारबाट प्राप्त बजेटबाट दुई तले उक्त व्यारेक भवन कुल ९९ लाख ६६ हजार ५ सय १५ रूपैयाँ ५३ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । कुल २८५६÷३५ वर्ग फिट क्षेत्रफलमा रहेको उक्त व्यारेक भवनको भुइँ तलामा दुई वटा व्यारेक कोठा र पहिलो तलामा एउटा व्यारेक हल रहेका छन् ।


0 comments

Write Down Your Responses