Powered by Blogger.
समाजसेवी यादवजंग रायमाझी सम्मानित, भन्छन्, ‘सम्पुर्ण अभियान्ताले पाएको सम्मान हो’


मकवानपुर । थाहा नगरपालिकाका  समाजसेवी युवा यादवजंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रममा रायमाझीलाई सम्मान गरिएको हो ।

जिल्लामा समाजसेवाको क्षेत्रमा उल्यख्य योगदान गरेको भन्दै वार्षिक जिल्ला समिक्षा कार्यक्रम २०८० को अवसरमा उहाँलाई सम्मान गरिएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा,जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलान तथा जिल्ला समन्वय अधिकारी सुर्य प्रसाद चापागाईंले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

रामयाझी फरक सोच अभियानका संयोजक हुन् । उनको नेतृत्वमा फरक सोच मार्फत धेरै सामाजिक कामहरु सम्पन्न भएका छन् । 

सम्मान ग्रहण पछि यादवले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वास्तवमा यो सम्मान मैले होइन एउटा सोचले प्राप्त गरेको हो । एउटा सामाजिक चिन्तनले प्राप्त गरेको हो । फरक सोच मार्फत समाजको हरेक दुख, चिन्ता प्राकृतिक प्रकोप , आगलागी,  बिमार, खेलकुद, सास्कृतिक संरक्षण, एम्बुलेन्स खरिद जस्ता बिभिन्न बेला र बिषयमा हरपल सहयोग गर्न तत्पर रहने तपाई सम्पुर्ण सहयोगी अभियान्ताले पाएको सम्मान हो यो । 




0 comments

Write Down Your Responses