Powered by Blogger.
निजि प्राबिधिक शिक्षालय महासंघ बागमती प्रदेशमा कुँवर


काठमाडौं । निजि प्राबिधिक शिक्षालय महासङग बागमती प्रदेश कमिटीको  प्रदेश भेला तथा दोस्रो महाधिवेशन शनिबार सम्पन्न भएको छ ।  

केन्द्रिय महाधिवेशनबाट बागमती प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्षमा निर्बाचित   रमेशजंग कुँवरको अध्यक्षतामा  ९ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो । 

भेलामा प्रमुख अतिथिको रुपमा ई. शैलेन्द्र मोहन झा  र बिशिस्ट अथितीका रुपमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेलले धारणा राख्नुभएको थियो ।  



यस्तै विशेष अतिथिको आतिथ्यता केन्द्रिय महासचिव भुवनचक्र जोशीले गर्नुभएको थियो भने केन्द्रिय सदस्य तथा महिला नेत्रि  सिन्धु मल्लले सम्बोधन गर्नु भएको थियो ।  कार्यक्रम निबर्तमान सचीव सि.पि. शर्मा नेपालले संचालन गर्नुभएको थियो ।

भेलाले अध्यक्ष ः रमेश जंग कुँवर, उपाध्यक्ष ः अमृत बहादुर बुढाथोकी, सचीव ः सि. पि. शर्मा नेपाल, कोसाध्यक्ष ः पुस्पराज श्रेष्ठ, सह सचिव ः पवन बैद्यलाई निर्वाचित गरेको छ । 

यसैगरी सदस्यहरुमा गँगा शर्मा, लक्ष्मी अधिकारी, बिष्णु त्रिपाठी र अमर अमात्य रहनुभएको छ । 




0 comments

Write Down Your Responses