Powered by Blogger.
भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सुर्यबिनायक सम्म संचालनमा रहेको द्रुत बस सेवाको अनुगमन गर्नुभएको छ । 

भक्तपुरको सुर्यबिनायक देखि जडिबुटी सम्म मन्त्री आफैले सर्वसाधारण यात्रुसंगै बस चढेर सो सेवाको अनुगमन गर्नुभएको हो । 

गत असोज ३ गतेदेखि शुरु भएको उक्त बस सेवामा हाल दैनिक ३६ वटा बस सन्चालनमा छन् ।

भौतिक पूर्वाधार मन्त्रालयले हाल रत्नपार्कदेखि सुर्यबिनायक सम्मको रुटमा संचालन गरेको उक्त बस सेवा आगामी दिनमा चक्रपथ लगायतका रुटमा संचालन गरिने मन्त्री ज्वालाले बताउनुभयो । 

हाल यी बसहरु पिक आवर बिहान र बेलुका संचालनमा छन्। 



सो अनुगमन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा यातायात व्यवस्था बिभागका महानिर्देशक उद्दब प्रसाद रिजाल लगायतको उपस्थिती थियो ।




0 comments

Write Down Your Responses