Powered by Blogger.
११ औं नेपाली टोपी दिवस भोली बसन्तपुरमा भव्य कार्यक्रमका साथ सम्पन्न हुने


काठमाडौं । ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने मूल नाराको साथ सोमबार ११ औं नेपाली टोपी दिवस मनाइने भएको छ । जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आईरहेको छ ।

विगत केही वर्षदेखि कोरोना संक्रमणलगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि यसवर्ष भने औपचारिक कार्यक्रम तय गरिएको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले जानकारी दिए । उनका अनुसार पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि बसन्तपुरमा भेला भएर कार्यक्रम गरिने छ ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएको अध्यक्ष बलामीले जानकारी दिए ।

विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ। नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवद्र्धनका ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ ।

यस बर्ष पनि जनवरी १ (पुस १६) अर्थात भोली का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउँन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजाल मर्फत पनि सरकारलाई दबाब दिन सनास्थाले आग्रह गरेको छ। बसन्तपुरमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन नसकेपनि नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरुमा राखेर विश्वभर प्रवद्र्धन गर्नको लागि सम्पूर्णमा संस्थाले अनुरोध गरेको छ ।



जागरुक युवा अभियान नेपालका अभियन्ताहरुमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणी नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्री रहेका छन् । अभियानले यसै सन्दर्भमा विज्ञप्ती जारी गरेर ११ औं नेपाली टोपी दिवस भब्य रुपले मनाउन आग्रह गरेको छ । विज्ञप्ती यस प्रकार छः 



विषय ः ११ औं नेपाली टोपी दिवस भब्य रुपले मनाऔं

२०८०÷०९÷०९


सदाझै यस बर्ष पनि नेपाली टोपी दिवस भब्यताका साथ मनाउन गईरहेको कुरा अवगत गराउन चाहन्छौं । यस बर्षको ११ औंैं नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपी ः नेपाली पहिचान’ रहेको छ । 

यस वर्ष काठमाडौंको बसन्तपुरमा शान्तिपुर्ण तरिकाले भेला भएर टोपी दिवस मनाउने कार्यक्रम तय गरेका छौं । त्यसैले    आगामी पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ७ बजेदेखि ८ बजेसम्म बसन्तपुरमा भेला भई दिनु हुन पनि हार्दिक अपिल गर्दछौं ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छौं । 

बिश्वमा हरेक मुलुकको आ–आप्mनो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौं । त्यसका लागि हामीले विगत १० बर्षदेखि विभिन्न अभियानहरु संचालन गर्दै आईरहेको कुरा अवगत नै छ । जसमध्ये हरेक अंग्रेजी नयाँ बर्षका दिनलाई नेपाली टोपी दिवसकारुपमा मनाउने हाम्रो मुख्य अभियान हो ।

विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौ । नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवद्र्धनका ध्यान दिन पनि सरकारसँग माग माग गर्दछौ । 

यस बर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाऔ नभए नेपाली टोपी अवष्यै लगाऔ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सोसल मिडियाको भरपुर सदुपयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौ । कार्यक्रममा सहभागि हुन नसकेपनि नेपाली टोपीमा सजिएको आप्mनो फोटो सामाजिक सञ्जालहरुमा राखेर विश्वभर प्रवद्र्धन गरि दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ । 

यहाँसम्म आईपुग्न महत्वपूर्ण साथ सहयोग दिनु हुने सम्पूर्ण मिडियाकर्मी महानुभावहरु प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस बर्ष पनि यहाँहरुको अमूल्य साथ र सहयोगको अपेक्षा गर्दछांै । 

अन्त्यमा, हाम्रो यस अभियानलाई ब्यापक बनाउन सबैले आ आप्mनो तर्फबाट प्रचारप्रसार गरी सक्दो सहयोग गरि दिनु हुन सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदि बहिनीहरुलाई हार्दिक अपिल गर्दछौ । 

जागरुक युवा अभियान नेपालका अभियन्ताहरु

घनश्याम श्रेष्ठ

रामजी बलामी

जनार्जन पौडेल

शिव धिताल

अज्मत अलि

ज्ञानमणी नेपाल कालोटोपी

जनक कार्की

लक्ष्मण लम्साल

वसन्त हुमागाईं

राजेश खत्री 

सम्पर्कः ९८४१०२१४०७, ९८५११५०४७१, ९८४१२२१२८८



0 comments

Write Down Your Responses