Powered by Blogger.
अध्यक्ष शिवाकोटी मलेसिया भ्रमणमा, संस्थासंग हातेमाले गर्ने दाताहरु बढ्दै


मलेसिया ।  विगत एक दशकदेखि अनाथ बालवालिकाको क्षेत्रमा काम गरिरहेको श्री अनश्रीत बालबालिका उत्थान केन्द्र  नेपालका अध्यक्ष कृष्ण शिवाकोटी अहिले मलेशिया भ्रमणमा छन् । दिनहिन, असाहय र अनाथ बालबालिकाको संरक्षण, आश्रय र शिक्षा–दिक्षाको प्रवन्ध गर्दै आएको उक्त संस्थामा दर्जनौ बालवालिका आश्रित छन् । 

सिन्धुपाल्चोक मिलिजुली समुहका अध्यक्ष समेत रहेका शिवाकोटीले त्यहा रहेका नेपाली समुदायसंग संस्थागत सहकार्यको हात फैलाइरहँदा केही दाताहरुले सहयोगी हात दिएका छन् । करिव एक महिने बसाइका लागि त्यहा पुगेका शिवाकोटी मलेसियामा रहेका विभिन्न नेपाली समुदायसंग भेटघाट र छलफल गर्ने कार्यक्रम छ  । 

अलपत्र रहेका नेपालीहरुलाई के कसरी उद्धार गर्न सकिन्छ र आफ्नो देश र जन्मभूमिको उन्नतीका खातिर के–कसो सहकार्य गर्न सकिन्छ भन्ने बारेमा भेटघाटहरु केन्द्रीत हुने गरेको शिवाकोटीले मलेशियाबाट इन्टरनेट सम्पर्क मार्फत दामन पोष्टसंग बताए । 

त्यहाँ रहेका विभिन्न नेपाली व्यवसायी, उद्यमी तथा समाजसेवीले श्री अनाश्रित बालवालिका उत्थान केन्द्र नेपाललाई सहयोगी हात बढाएका छन् । अहिलेसम्म ३ जना व्यक्तिले सहयोग गरेको बताइएको छ । स्थायी ठेगाना काठमाडौं  रहेको र हाल मलेशियामा बस्नु हुने सफल महिला उद्यमी,  ब्यबसायी , समाजसेवी र नितान्त मनकारी  ब्याक्तित्व  शान्ती थापाले गाँस, बास कपासबाट अब्यब्स्थित असाहय  बालबालिकाहरुलाई सहयोगार्थ १ सय १ मलेसियन रिङ्गेट सहयोग गुर्नभएको छ । 



यसैगरी कास्की जिल्ला  मदि गाउँपालिका   १ सिक्लेश  लाम्थर स्थायी ठेगाना रहेको  र हाल मलेसिया मा आफनो कर्मथलो बनाउनु भएको सफल ब्यबसायी पासबहादुर गुरुङले ५ सय  मलेसियन रिङ्गेत र स्थायी ठेगाना काठमाडौं  रहेको र  हाल मलेसियामा आफनो कर्मथलो बनाउनु भएको र समस्त परिवारको साथ मलेसिया बस्नु हुने सफल ब्यबसायी , समाजसेवी हरिप्रसाद श्रेष्ठले बालबालिकाहरुलाई सहयोगार्थ ३ सय १ मलेसियन रिङ्गेत सहयोग गर्नुभएको बताइएको छ । 

अध्यक्ष शिवाकोटीले ति सबै महाुभावहरुलाई आफ्नो संस्थाको तर्फबाट हृदयदेखिकै धन्यवाद दिनुभएको छ । 





0 comments

Write Down Your Responses