Powered by Blogger.
श्री अनश्रीत बालबालिका उत्थान केन्द्रद्धारा पाँच समाजसेवी सम्मानित


मलेसिया ।  विगत एक दशकदेखि अनाथ बालवालिकाको क्षेत्रमा काम गरिरहेको श्री अनश्रीत बालबालिका उत्थान केन्द्र  नेपालले मलेसियामा बसेर सामाजिक काममा सक्रीय व्यवसायीहरुलाई सम्मान गरेको छ ।  

संस्थाका अध्यक्ष कृष्ण शिवाकोटी मलेशिया भ्रमणमा रहेका बेला व्यवसायीहरु जीवन विश्वकर्मा, राना मगर, युवराज बम, दिलिसा लामा र विकास लामालाई सम्मान गरेको हो । मलेसियामा बसी विभिन्न व्यावसायमा संलग्न विश्वकर्मा गुल्मीका, मगर स्याङजाका, बम कैलाीका, दिलिसा सिन्धुपाल्चोकका र विकास नुवाकोटका हुन् ।

 उनीहरुलाई दिनहिन, असाहय र अनाथ बालबालिकाको संरक्षण, आश्रय र शिक्षा–दिक्षाको प्रवन्ध गर्दै आएको संस्थाका अध्यक्ष शिवाकोटीले एक संक्षिप्त कार्यक्रमकाबीच सम्मान गरेका हुन् । काठमाडौंको डल्लु स्थित संस्थामा दर्जनौ बालवालिका आश्रित छन् । 

सिन्धुपाल्चोक मिलिजुली समुहका अध्यक्ष समेत रहेका शिवाकोटीले त्यहा रहेका नेपाली समुदायसंग संस्थागत सहकार्यको हात फैलाइरहँदा केही दाताहरुले सहयोगी हात दिएका छन् । 

करिव एक महिने बसाइका लागि त्यहा पुगेका शिवाकोटी मलेसियामा रहेका विभिन्न नेपाली समुदायसंग भेटघाट र छलफल गर्ने कार्यक्रम छ  । 

अलपत्र रहेका नेपालीहरुलाई के कसरी उद्धार गर्न सकिन्छ र आफ्नो देश र जन्मभूमिको उन्नतीका खातिर के–कसो सहकार्य गर्न सकिन्छ भन्ने बारेमा भेटघाटहरु केन्द्रीत हुने गरेको शिवाकोटीले मलेशियाबाट इन्टरनेट सम्पर्क मार्फत दामन पोष्टसंग बताए । त्यहाँ रहेका विभिन्न नेपाली व्यवसायी, उद्यमी तथा समाजसेवीले श्री अनाश्रित बालवालिका उत्थान केन्द्र नेपाललाई सहयोगी हात बढाएका छन् ।

 अध्यक्ष शिवाकोटीले ति सबै महाुभावहरुलाई आफ्नो संस्थाको तर्फबाट हृदयदेखिकै धन्यवाद दिएका छन् । 




0 comments

Write Down Your Responses