Powered by Blogger.
स्वर्गीय निरा छन्त्यालको जीवनको अन्तिम गीत सार्वजानिक



काठमाडौं । स्वर्गीय गायिका निरा छन्त्यालको जीवनको अन्तिम गीत सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप यो गीत सार्वजानिक भएको  हो । गायक विनोद ढकालको पहलमा उक्त गीतको छायाङ्कन गरिएको हो । 

‘घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा’ भन्ने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वारमा रहेको छ ।

शब्दमा नवीन योगी र लयमा विनोद ढकाल रहेका छन् । यस गीतमा निर्देशन भने मिलन श्रेष्ठको रहेको छ ।

निराको अन्तिम गीतमा अभिनय रिना गुरुङ , विनोद ढकाल, रविन्द्र रिमाल र आशिका खातीको रहेको छ ।



निरा छन्त्यालको सम्मानको लागि निरा छन्त्यालको अन्तिम गीत रेकर्डिङ गरेर सुटिङ गर्न नभ्याउदै गायिका निराको दुर्घटनामा निधन भएको र काम रोकिएको हुँदा उहाँको प्रथम पुण्य तिथिको दिन माघ १ गते सम्मान स्वरुप यो गीत सार्वजनिक गरिएको गायक विनोद ढकालले जानकारी दिएका छन् । 



गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना । गीतको पुरा म्युजिक भिडियो हेर्न तलको लींक खोलेर हेर्नुहोलाः https://www.youtube.com/watch?v=D9VR89nRRHA


0 comments

Write Down Your Responses