Powered by Blogger.
भीमफेदीमा अशक्तलाई घरमै नागरिकता


हेटौंडा । बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको पहल र जिल्ला प्रशासन कार्यालय मकवानपुरको अभियान अन्तरगत भीमफेदी गाउँपालिकाको दुईजना जन्मजात पूर्ण शारीरिक र मानसिक असक्तलाई घरमै नागरिकताको प्रमाणपत्र बितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोज पौडेल, नासु सहदेब आचार्य र अस्विनी कुमार अर्यालको टोलीले भीमफेदी गाउपालिका वडा नम्बर ८ इपाका बिर्ख बहादुर थिङको  २० वर्षकी छोरी सुनिता थिङ र १६ वर्षको छोरा सुरेन्द्र थिङ लाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नु सबै नागरिकको अधिकार भएको र कार्यालयमा उपस्थित हुन नसक्ने शारीरिक र मानसिक रुपमा पूर्ण असक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रशासकीय अधिकृत सरोज पौडेलले बताउनुभयो ।

पौडेलले सवारी साधनबाट ओर्लेर करिब २ घण्टा हिडेर घरमै पुगि नागरिकता प्रदान गरिएको बताउनुभयो ।

नागरिकता बितरणको लागि भिमफेदी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रितिलाल लामा, समाजसेवी अप्सरा लोप्चन, अमृत बल लगायतले सहयोग गरेका थिए ।

भौगोलिक रुपमा दुर्गम र पूर्ण असक्त आफ्ना छोराछोरीलाई घरमै आएर नागरिकता प्रदान गरेकोमा सामाजिक बिकासमन्त्री कुमारी मोक्तान, जिल्ला प्रशासन कार्यालय मकवानपुर र स्थानीय सबैलाई पिता बिर्खबहादुर थिङले धन्यवाद दिनुभयो ।






0 comments

Write Down Your Responses