Powered by Blogger.
मकवानपुरे समाजले फागुन २६ मा काठमाडौंमा वनभोज गर्ने


काठमाडौं । मकवानपुरे समाज काठमाडौंले काठमाडौंमा बसोबास गरिरहेका मकवानपुरेहरुबीच भव्य ढंगले वनभोज कार्यक्रम गर्ने भएको छ । 

समाजले आगामी फागुन २६ गते शनिबार साधारण सभा सहित वनभोज कार्यक्रम गर्न लागेको हो ।   

समाजको बैठक काठमाडौंमा बसी यस्तो निर्णय गरिएको अध्यक्ष अरुण गुरुङले जानकारी दिनुभयो ।  

बैठकले बिभिन्न सामाजिक सेवाका कार्यक्रमहरु संचालन गर्ने  र यसअघि गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत निर्णय गरेको बताइएको छ । 

बैठकमा अध्यक्ष अरुण कुमार गुरुङ लगायत उपाध्यक्ष केशव अधिकारी, सचिव बिधान रिजाल,सदस्य सरीता कार्की, सविना श्रेष्ठ र बिजयबिक्रम श्रेष्ठको उपस्थिती रहेको थियो । 

बैठकमा समाजका सल्लाहकार बिद्युत बज्राचार्यको  समेत उपस्थिती रहेको थियो ।




0 comments

Write Down Your Responses