Powered by Blogger.
साकोसको १ सय १ औं शृङ्खला सम्पन्न


काठमाडौं । नोबेल साकोस साहित्य संस्थाले नियमित रुपमा गर्दै आएको मासिक साहित्य गोष्ठीको १ सय १ औं श्रृङ्खला शनिबार संस्थाका महासचिव सुशीला ढकाल अधिकारीको सभापतित्व, संस्थाका कोषाध्यक्ष गीता अर्यालको उदघोषण र समाजसेवी साहित्यकार साकोसको प्रारम्भिक कमिटीका अध्यक्ष मन्जुश्री प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

कार्यक्रमको संयोजन संस्थापक राजन न्यौपाने, संचालक सदस्य रोहित कार्की, सहयोगी इन्दिरा भन्डारी र सदस्य पार्वती पौडेलले गर्नु भएको थियो । 

कार्यक्रममा संरक्षक पुष्प रंजित, पुष्प प्रसाद लुइँटेल ,प्रा.डा.गोबिन्द मानसिंह कार्की, अच्युत प्रसाद पौडेल चिन्तन, आभासेतु सिंह ,रत्ननिधि रेग्मी ,चन्द्र श्री कार्की ,बद्री पुडासैनी ,बिपना मल्ल, निर्मल रमण पराजुली ,महेश रिजाल लगायत वरिष्ठ साहित्यकारहरु अतिथि रहनु भएको थियो। 



कार्यक्रममा मानन्धर अभागी ,दिनानाथ पोखरेल ,टि एन भट्ट ,बिद्या अनामिका, लिलाधर पाण्डे ,सुन्दर खडका ,राजेन्द्र बर्तौला ,धरणीधर गुरागाई ,कृष्ण प्रसाद पौडेल ,उत्तम पोखरेल ,सुमन धमला, उत्तम भेटवाल, केशव ज्ञवाली आगत, लव खड्का ,भावना न्यौपाने ,सर्वानन्द सरस्वती ,राज भन्डारी, सुशीला शर्मा  धमला,कल्पना भट्टराई , बद्री उप्रेती ,मदन  नेपाल ,भिष्मराज ढुङेल,आरुस्का तामाङ ,राजन न्यौपाने ,गीता अर्याल ,सुशीला ढकाल लगायत सर्जकहरुले रचना वाचन समेत गरेका थिए ।

संस्थाका संचालक सदस्य रोहित कार्कीले स्वागत मन्त्ब्य राख्नु भएको उक्त कार्यक्रममा सर्जक धरणीधर गुरागाईले स्वस्ति वाचन गर्नु भएको थियो । वरिष्ठ कलाकार बद्री पुडासैनीलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो ।



0 comments

Write Down Your Responses