Powered by Blogger.
कौण्डिन्य गोत्रीय महासमाजकोे दोस्रो अधिवेशन भोली, सम्पूर्ण तयारी पूरा


काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजको दोस्रो केन्द्रीय अधिवेशनको अन्तिम तयारी सम्पन्न भएको छ ।

केही महिना अघि बसेको महासमाजको केन्द्रीय समिति बैठकले प्रजातन्त्र दिवशको दिन फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरे बमोजीम काठमाडौंको मध्यबानेश्वरस्थीत रत्नराज्य स्कुल नजिक कृष्णभोग पार्टी प्योलेशमा बिहान ९ बजे महाधिवेशन शुरु हुने केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराले जानकारी दिएका छन् ।

महासमाजको अधिवेशन सम्पन्न गर्नका लागि महासमाजका सातै प्रदेशका प्रदेश अध्यक्ष तथा महासचिवलाई आमन्त्रण गरिएको छ भने काठमाडौंमा रहेको सहसमाजका तर्फबाट प्रति सहसमाज ५ जनाका दरले महाधिवशनमा प्रतिनिधिहरु निमन्त्रणा गरिएको महासचिव बिष्णु प्रसाद बास्कोटाले बताए । 

महासचिव बास्कोटाले सहसमाज तथा सातै प्रदेशमा त्रुटिबस निम्ता नपुगेमा यसैलाई आधार मानि कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाईदिनहुन अनुरोध गरेका छन् ।

महासमाजका कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले महासमाजले बिहानको खानाको ब्यवस्था पार्टी प्यालेशमा नै गर्ने भन्दै आवश्यक परे बस्ने व्यवस्थाको पनि प्रवन्ध गर्ने बताए ।

समाजका उपाध्यक्ष एबम् प्रवक्ता बाबुराम आचार्यले अधिवेशन सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबै लागिपर्नुपर्ने हुँदा सबैको सहयोग र सहकार्यमा अधिवेशन सम्पन्न हुने बताए । यसअघिको पहिलो अधिवेशन महासमाजले तिनकुनेमा सम्पन्न गरेको थियो ।




0 comments

Write Down Your Responses