Powered by Blogger.
थाहा–६ का विद्यार्थीलाई झोला , शिक्षकलाई टि–सर्ट


बज्रबाराही (टिस्टुङ) । थाहा नगरपालिका –६ बुढीचौरमा रहेको श्री उदय आधारभूत बिद्यालयका बिधार्थीहरुलाई झोला र शिक्षकहरुलाई टि–सर्ट वितरण गरिएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड केन्द्रीय कार्यालय  काठमाडौँबाट उपलब्ध गरेको ९० थान झोला र १० थान टि–सर्ट प्रदान गरिएको हो  । 

छत्रदेब –८   अर्घाखाँची घर  भएका प्रोफेसनल मेक अप आर्टिस्ट , व्यबसायी तथा समाजसेवी टेकराज पाण्डेको पहलमा साल्ट ट्रेडिङले उक्त सामाग्री बिद्यालयलाई उपलब्ध गराएको  हो  । 

सामाग्री वितरण कार्यलाई सहज बनाउन बिद्यालयको भुपु विधार्थी तथा मेक अप आर्टिस्ट गीता उप्रेतीले महत्वपुर्ण निर्वाह गर्नुभएको थियो । 

सो सामाग्री गीताका बुबा बद्रीबहादुर उप्रेतीले बिद्यार्थीलाई वितरण गरेका थिए ।




0 comments

Write Down Your Responses