Powered by Blogger.
गुडविल कन्सल्टले मनायो १८ औं बार्षिकोत्सव


काठमाडौं । गुडविल कन्सल्ट प्रा. लि.ले एक कार्यक्रम आयोजना गरी १८ औ बार्षिकोत्सव मनाएको छ । 

शैक्षिक भिषा, पार्टनर भिषा, भिजिट भिषा, पारिवारिक भिषाका साथसाथै नेपालबाटै स्किल्ड माईग्रेशन भिषाको भिषा आबेदन तथा डकुमेन्टेशन सेवाका लागि २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई बिदेश जान इच्छुक ब्यक्तिहरुलाई सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टले सफलतापूर्वक  १८ बर्ष पूरा गरी १९ बर्ष पुगेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको हो । 

विविध भिषामा बिदेश जाने सपना बुनेकाहरुको सपना साकार गर्ने कामको यति लामो समय पार गर्न सफल हुनुमा गुडविलको पेशागत इमानदारीता, ट्रान्सपरेन्सी, सही सुझाव तथा निर्देशन मात्र नभई योग्य भिषा आबेदक चयन गर्ने क्षमता पनि रहेको जनाइएको छ ।

 ‘हामी आबेदकले आफु जान चाहेको देसको भिषा प्रक्रियाबारे स्वयमले राम्ररी बुझेर आफू योग्य व्यक्ति भए मात्र भिषा प्रक्रिया अगाडि बढाउन सुझाउछौ, कम्पनीले भनेको छ । 

पुतलीसडक जस्तो कन्सल्टेन्सीको भीडभाड भएको स्थान भन्दा टाढा कुमारी हल नजिक धोबिधारा मार्गमा बसेर आफ्नो सफलतम १८ बर्ष पुरा गर्नुमा गुणस्तरीय सेवा दिने गुडविलको अठोट र ग्राहकको सफलताको लागि कडा मिहिनेत नै रहेको जनाइएको छ । 

यति लामो समयको यात्रामा बिश्वास गर्नुहुने भिषा आबेदकहरु, शुभेच्छुक शुभचिन्तक लगायत सबैमा गुडविल कन्सल्टका प्रमुख प्रविण शाहीले हार्दिक आभार व्यक्त गर्नुभएको छ । 





0 comments

Write Down Your Responses