Powered by Blogger.
टिस्टुङ स्थित बज्रबाराही माबिको ७० औं वार्षिकोत्सव सम्पन्न


बज्रबाराही(टिस्टुङ) । वर्तमान सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट नहाल्दा सन्तोषजनक सुधार हुन नसकेको मकवानपुर २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले बताएका छन् ।

थाहा नगरपालिका वडा न ६ मा अवस्थित बज्रवाराही माध्यमिक विद्यालयको ७० औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सांसद बर्तौलाले उक्त भनाइ व्यक्त गरेका हुन् ।

सांसद वर्तौलाले शिक्षा ऐन २०२८ नवौं  संशोधन २०७४ ले शिक्षा क्षेत्रको सबै कुरा समेट्न नसकेको बताउदै नयाँ शिक्षा ऐनले शिक्षाको समस्या लाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुवर्ण गोपाली , वडा न ६ का अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ , वडा न ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ, नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी, नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सुरेन्द्र थापा मगर, समाजसेवी महेश्वर सुवेदी, विद्यालयका प्रधानाध्यापक रमेशमान डङ्गोल, विद्यालय व्यवस्थापन समिती पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारी,पुर्व विद्यार्थी, शिक्षक, अभिभावक जनप्रतिनिधि लगायत अतिथिको उपस्थिति रहेको थियो ।

विद्यालयले ७० औं वार्षिकोत्सव भव्यताका साथ तिन दिन अघी देखी बिबिध खेल तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गरेकोमा आज पुरस्कार मेडल तथा प्रमाणमत्र वितरण गरेको थियो । 

कार्यक्रममा विद्यालयलाई विविध समयमा सहयोग गर्ने संघ संस्थाहरुलाई पनि प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरीएको थियो । सम्मानित हुनेमा  बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि., साना किसान कृषि सहकारी संस्था लि. ,प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि., बलम्बु च्याउ सहकारी संहकारी संस्था लि रहेका छन भने चन्दा दाता हरुबाट रामकृष्ण लामिछाने, श्याम राजा सिंह ठकुरी र बिक्रम जोशी , सुरेन्द्र गोपाली र तिलक बहादुर लामालाई पनी सम्मान गरिएको थियो । ७० औं वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम र शैक्षिक प्रदर्शनी समेत गरेका थिए ।








0 comments

Write Down Your Responses