Powered by Blogger.
एकीकृत प्रगतिशील प्राध्यापक संगठनद्धारा विचार गोष्ठी आयोजना


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यता नभएको बताएका छन् ।

एकीकृत प्रगतिशील प्राध्यापक संगठनले शनिबार आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतीहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । 

राजतन्त्र चाहिन्छ भन्नेहरूलाई प्रधानमन्त्री नै बन्ने चाहना हो भने चुनावको मैदानमा आउन आग्रह गरे ।

उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कदापि सम्भव छैन । त्यसले केही पार लाग्दैन । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिदैँन् । राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो । यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ । जनताका बिचमा भिजे हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’




उनले देशमा निराशाजनक परिस्थिति र चर्को व्यक्तिवाद हाबी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । 

उनले भने, ‘हामीसँग गैरजिम्मेवार प्रवृत्ति बढ्दो छ । आफ्नो हित बाहेक समाज र राष्ट्रको हितको कुनै चिन्ता छैन । यति चर्को व्यक्तिवाद हाबी भएको छ कि त्यसको कुनै जवाफ छैन । यदि प्रत्येकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हुन नसक्ने केही छैन । अहिले हाम्रो देशको परिस्थिति निराश जनक छ । यसलाई चिर्नको लागि हामीले नै प्रयास गर्ने हो । अरु कसैले गरेर हुदैंन्, गर्न सक्दैनन् । प्रत्येक व्यक्तिले आफ्नो तहमा सोच्नुपर्छ । विकल्पको बारेमा सोचेका हौ तर पाएनौँ । त्यस कारण अब विकल्प हामीले दिने हो ।’



पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अहिलेको परिस्थितिमा सन्तुष्ट हुन सकिने ठाँउ नरहेको स्पष्ट पारे । भने, ‘अहिलेको स्थितिमा हामी सन्तुष्ट छैनौं, तर असन्तुष्ट भएर मात्र पनि समस्या समाधान हुँदैन । समस्याको समाधानको उपायतर्फ साहुहिक पाइला चाल्न आवश्यक छ । ’

संगठनका अध्यक्ष प्रा.डा.गोबिन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नै विषयमाथी आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथी राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेल र पूर्व डिन प्रा.डा. प्रकाशमान सिंहले टिप्पणी गर्नुभएको थियो । 

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य, पुर्व मन्त्री एवं शिक्षा विभाग प्रमुख बिरोध खतिवडा, प्रतिनिधी सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिका सभापति भानुभक्त जोशी, त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. शिवलाल भुषाल लगायतले शिक्षा क्षेत्रको सुधारका उपायहरुबारे आ– आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव डा. चन्द्र ढकालले गर्नुभएको थियो  भने सहभागीहरुलाई धन्यवाद ज्ञापन उपाध्यक्ष डा. ढाकाराम सापकोटाले गर्नुभएको थियो ।



कार्यक्रममा संगठनका सहइन्चार्ज प्रा.डा. इन्दु आचार्य, संगठनका सल्लाहकार प्रा. विजयबहादुर सिलवाल, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रुद्र पौडेल लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।  यसैबीच गोष्ठी लगत्तै एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रिय  अध्यक्ष प्रा.डा गोबिन्द सुबेदीको अध्यक्षता र सङ्गठनका महासचिव डा. चन्द्र ढकालको सञ्चालनमा केन्द्रिय कमिटीको बैठक बस्यो । 

उक्त बैठकमा सात वटा प्रदेशको रिपोर्टिङ, बिभिन्न बिश्वबिद्धालय र क्याम्पसहरुको अबस्था, बिचाराधिन शिक्षा बिद्ययेकका  बारेमा छलफल गर्दै आगामी कार्ययोजनाका बारेमा व्यापक छलफ सहित योजना निर्माण गरेको बताइएको छ । 





0 comments

Write Down Your Responses