Powered by Blogger.
नेता भुसालको ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ सार्वजनिक


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) किमार्थ त्याग्न नसकिने बताएका छन्।

पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार काठमाडौँमा विमोचन गर्दै अध्यक्ष नेपालले हिजो जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भन्नेहरूले आज पनि त्यो विचार सिध्याउने षड्यन्त्र गरिरहेको भन्दै आक्रोशसमेत पोखे ।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने भन्ने नाममा जबजलाई परित्याग गर्नुलाई आफूले कुनै पनि रुपमा ठिक भन्न नसक्ने तर्क गरेका छन्।

उनले जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अङ्गीकार गरेर आफूहरू अघि बढ्ने दोहो¥याए।

आज पनि कम्युनिस्ट पार्टी सिध्याउन देशी, विदेशी साम्राज्यवादी र प्रतिक्रियावादी लागि परेकाले त्यसबाट जोगिन पनि नेपालका कम्युनिस्टहरूले जनताको बहुदलीय जनवादी विचारमा चल्नु आवश्यक रहेको अध्यक्ष नेपालको तर्क थियो। उनले जनताको बहुदलीय जनवादको सारतत्त्व नबुझेकाहरुले मात्रै यसको विरोध गर्ने गरेको आरोपसमेत लगाए।

अध्यक्ष नेपालले समाजमा वर्गहरू रहेसम्म विभिन्न पार्टी अस्तित्वमा रहने हुनाले पनि प्रतिस्पर्धाको राजनीतिमा जनताको विश्वास जित्ने जबजको अन्तरवस्तुको सान्दर्भिकता कायमै रहेको दावी गरे।

आइतबार एक भव्य कार्यक्रममका बीच नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं कृषि मन्त्री डा.बेदुराम भुसालद्वारा लिखित‘जनताको बहुदलीय जनवादको विकासक्रम’ विमोचन गरिएको छ । आइतबार राजधानिको प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुस्तक सार्वजनिक गरो हुन् । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवाद (जबज) ले कम्युनिस्ट पार्टीका सोचको दायरा फराकिलो पारेको दाबी गरे । 



अध्यक्ष नेपालले प्रतिस्पर्धाको राजनीतिबाट कम्युनिस्ट पार्टीहरू नभाग्ने पनि बताउनु बताए । उनले भने,  ‘जबजले हाम्रो सोचको दायरा फराकिलो, जनतासँगको सम्बन्धमा घनिष्ठ बनाउने र साम्राज्यवादीहरूलाई आरोप लगाउने ठाउँ दिएन। एक्ल्याउने स्थिति बनेन। कुनै पनि शक्तिसँग वैचारिक आधारमा उभिने, कानुनको शासन मान्ने, नियन्त्रण र सन्तुलनको परिपाटी मान्ने, आवधिक निर्वाचनको परिपाटीमा जाने, बहुमत ल्याउनेले सरकार चलाउने र अल्पमतमा हुनेले प्रतिपक्षमा बस्ने यो परिपाटी हामीले स्थापित गरेका छौँ।’



अध्यक्ष नेपालले आफूहरू समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको भन्दै यो चरणमा पनि जबजको उपादेयता रहने दाबी गरे ।  उनले  चीन, भियतनाम, क्युबाको जस्तो समाजवाद नेपालमा नहुने भन्दै बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुने बताए । 

कार्यक्रममा लेखक भुषालले प्रस्तुत कृति आफ्नो विद्यावारिधीको अनुसन्धानमूलक कृति भएको बताउँदै जबजको दार्शनिक औचित्यता अझै सान्दर्भिक रहेको धारणा राखे । कार्यक्रममा प्राडा हेमनाथ पौडेलले कृति गहन भएको र यसले जवजको दार्शनिक पाटो सहित विकासक्रममका श्रृङ्खलाहरु लिपिवद्ध गरेको बताए । 

कार्यक्रममा लेखक तथा प्राध्यापक डा. ढाकाराम सापकोटाले सहभागीहरुलाई स्वागत गरेका थिए । पुस्तक शिखा प्रकशनले बजारमा ल्याएको हो । 




0 comments

Write Down Your Responses