Powered by Blogger.
एमाले नेता रूम्बा एकीकृत समाजवादीमा प्रवेश


काठमाडौँ । नेकपा एमाले परित्यागरी फाखेल मकवानपुरका गुणराम रूम्बाले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ । 

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा रूम्बाले पार्टी प्रवेश गर्नु भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रूम्बालाई स्वागत  नेकपा एकिकृत समाजवादीमा स्वागत गर्नु भएको हो । 

अध्यक्ष नेपालसहित पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, पेशागत महासंघका महासचिव मानबहादुर स्याङ्तान, मकवानपर–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष आशिष बललगायतले रूम्बालाई पार्टीमा स्वागत गर्नु भएको थियो । 

व्यवसायीसमेत रहनु भएका रूम्बा एमाले मकवानपुरका नेता हुनुहुन्छ ।



0 comments

Write Down Your Responses