Powered by Blogger.
हेटौंडा स्थित जे एन्ड बी बारिष्टा एकेडेमीमा सुशी मास्टर्स क्लास सुरू


हेटौंडा । जे एन्ड बी बारिष्टा एकेडेमीले हेटौंडामा बिदेशी खाना सुशी मास्टर्स क्लास सुरू गरेको छ । प्लसटु देखि मास्टर्स गरेर सीप सिकेर विदेश जान चाहने तथा अन्य मानिसहरुको लागि समेत उपयोगी हुने भन्दै सुशी मास्टर्स क्लास सुरु गरिएको बताइएको छ ।

बुधबार हेटौंडा–४ स्कुलरोडमा जे एन्ड बी बारिष्टा एकेडेमीको नयाँ शाखाको उद्घाटन भएको हो । सोही शाखाबाट अब हेटौंडामै सुशी तालिम सुरु गरिन लागिएको जे एन्ड बी बारिष्टा एकेडेमीका संचालक जगदिश बिडारीले जानकारी दिए । 

हेटौंडा १० बाइपास रोडमा विगत ५ बर्षदेखि सञ्चालनमा रहेको जे एन्ड बी कफी सपले अघिल्लो बर्ष हेटौंडा ४ स्कुलरोडमै जे एन्ड बी बारिष्टा एकेडेमी सञ्चालनमा ल्याएको हो ।

पछिल्लो समय सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहने युवाहरुको रोजाइमा पर्ने गरेको बारिष्टा र सुशी तालिमको माग बढेको कारण आफूहरुले नयाँ शाखा नै बिस्तार गरेर तालिम दिन सुरु गरेको बिडारी बताउँछन् ।

 अनुभवी बिशेषज्ञबाट तालिम दिइने बताउँदै उनले इच्छुक युवाहरुले समयमै आफ्नो स्थान सुरक्षित राख्न समेत अनुरोध गरे ।



उक्त शाखाको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सिपले गरिबी हटाएर आय आर्जनको लागि मद्दत पुग्ने बताइन् । 

धनी विद्यार्थीलाई मात्रै प्राथमिकता दिने भन्दा पनि इच्छुक सबै विद्यार्थीलाई केही छुट गराएर भए पनि तालिममा सहभागी गराउन उनले आयोजकलाइ आग्रह गरिन् । 

कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको उपस्थिती रहेको थियो ।




0 comments

Write Down Your Responses