Powered by Blogger.
प्रतियोगितात्मक ज्ञानमाला भजन सम्पन्न


 बुद्ध महर्जन
काठमाडौं । २०८० चैत ३ गते शनिबारका दिनमा नेपाल राष्ट्रिय ज्ञानमाला समिति मातहत गठित कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली क्षेत्रीय उपसमितिको आयोजनामा र एहिपस्सिको ज्ञानमाला भजन खलः, किपुल्चाको ब्यवस्थापनमा पाँचौं संस्करणमा प्रतियोगितात्मक वृहत् ज्ञानमाला भजन प्रस्तुती कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । सो कार्यक्रमको संरक्षकका रुपमा भिक्षु पियदसी स्थविरज्यू हुनुहुन्थ्यो भने कार्यक्रम निर्देशकका रुपमा बुद्ध महर्जन हुनुहुन्थ्यो ।

संगीतको माध्यमबाट बुद्ध धर्मको प्रचार प्रसार गर्ने उद्देश्यले स्थापित नेपाल राष्ट्रिय ज्ञानमाला समितिले आफ्ना गतिविधिलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन ७ वटा क्षेत्रीय उपसमितिको गठन गरि विभिन्न कार्यक्रमहरु अगाडी बढाई रहेको छ । 

काठमाडौं उपत्यकाको दक्षिण पश्चिममा पर्ने दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा रहेका कूल १९ वटा भजन खलःहरु आवद्ध रहेको कीर्तिपुर–चन्द्रागिरि–दक्षिणकाली क्षेत्रीय उपसमितिले विगत ४ वटा प्रतियोगितात्मक ज्ञानमाला भजन प्रस्तुती कार्यक्रम सम्पन्न गरि सकेको छ । गत वर्ष पाँगा, ढुसी स्थित गौतम बुद्ध ज्ञानमाला भजन खलःले चौंथो संस्करणमा सो कार्यक्रम सम्पन्न गरेको थियो । 

चन्द्रागिरि नगरपालिकाको किपुल्चामा सम्पन्न भएको पाँचौं वृहत ज्ञानमाला भजन प्रस्तुती कार्यक्रममा प्रमुख अतिथीका रुपमा भिक्षु धर्ममूर्ती महास्थविरज्यू, विशिष्ट अतिथीहरुमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य, चन्द्रागिरि नगरपालिकाका उपमेयर बसन्ती श्रेष्ठ, नेपाल राष्ट्रिय ज्ञानमाला समितिका अध्यक्ष तथा वरिष्ठ गायिका रमना श्रेष्ठज्यू लगायत विभिन्न व्यक्तित्वहरु अतिथीका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा कीर्तिपुरका वरिष्ठ ज्ञानमाला गायक जुलुम शाक्यज्यू, चन्द्रागिरिका शिव प्रसाद श्रेष्ठ र दक्षिणकालीका कान्छाकाजी श्रेष्ठज्यूलाई वहाँहरुको योगदानहरुको कदर गर्दै अभिनन्दन गरिएको थियो । त्यसैगरी किपुल्चामा चिभाः द्यः स्थापना गर्ने, हस्तिनापुर ज्ञानमाला भजन खलःको फल्चा निर्माण गर्न जग्गा दान दिने र यहिपस्सिको बुद्ध विहार स्थापनार्थ जग्गा दान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतियोगितात्मक पाँचौं वृहत् ज्ञानमाला भजन प्रस्तुती कार्यक्रममा प्रस्तुत हुने १९ वटा भजन खलः मध्ये रचना तर्फ पवित्रकुटी ज्ञानमाला भजन खलः, भावार्थ ब्याख्या तर्फ बज्र ज्ञानमाला भजन खलः फर्पिङ्ग, संगीत तर्फ भास्तिपुर ज्ञानमाला भजन खलः र गायन तर्फ अनमोल ज्ञानमाला भजन खलः सर्वाेत्कृष्ट हुन सफल भएका थिए । उत्कृष्ट खलः पुचःलाई उत्कृष्टताको प्रमाणपत्र र ट्रफिबाट पुरस्कृत गरिएको थियो । 

आगामी २०८१ सालको छैंठौं वृहत् ज्ञानमाला भजन प्रस्तुती कार्यक्रम आयोजनाका लागि पाब्व ग्रहण कीर्तिपुर चोःबहा स्थित आनन्दादी लोकेश्वर ज्ञानमाला भजन खलःले गरेको थियो । पाब्वः ग्रहणकाक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्षज्यूले आगामी दिनमा सबैको साथ सहयोगबाट भब्यताका रुपमा कार्यक्रम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । 





0 comments

Write Down Your Responses