Powered by Blogger.
देशको विकास र समृद्धिको लागि समाजवादी मोडेल अपनाउन राष्ट्रिय सहमति गर्नुपर्छः खतिवडा


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव, प्रभावशाली नेता एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले देशको विकासको लागि राष्ट्रिय सहमति कायम गरिनुपर्नेमा जोड दिएको छ । 

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई अतिथिको रुपमा सम्बोधन गर्दै नेता खतिवडाले यस्तो बताएका हुन् । 

उनले भने,‘आज नेपालको भू–राजनीतिक परिवेश अत्यन्तै संवेदनशील छ । हामीले राष्ट्रिय हित र विकासका एजेण्डा तय गर्नुपर्छ । नेपालको विकासको नयाँ मोडेल खासगरी समाजवादी मोडेलको बारेमा राष्ट्रिय सहमति गर्नुपर्छ । यदि यसो गर्न सकिएन भने देशले राजनीतिक स्थायित्व हाँसिल गर्न सक्दैन् ।’ 

उनले क्लबको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै आफ्नो भूमिकामा खरो उत्रिनको लागि यसको नेतृत्वकर्ता ऋषि धमलालाई शुभकामना दिए ।


0 comments

Write Down Your Responses