Powered by Blogger.
एनआरएनए मलेसियाबाट बालशिक्षाका लागि सहयोग


काठमाडौं । श्री अनाश्रीत बालबालिका उत्थान केन्द्र नेपालमा आश्रित बालबालिकाहरुको शिक्षाका लागि गैरआवासी नेपालीहरुले सहयोग गरेका छन् । 

हाल मलेसियामा व्यवसाय सञ्चालन गर्दै आएका गैर आवासीय संघ एनआरएनए जोरबारु   श्रेत्रीय  कमिटिको कोषाअध्यक्ष  तथा समाजसेवी तिलकबहादुर श्रेष्ठले २० हजार ७ सय ७७  रुपैया गैरआवासीय नेपाली संघ जोरबारु परिवारको तर्फबाट सहयोग गरेका हुन् ।  

मंगलबार काठमाडौं डल्लु स्थित केन्द्रद्धारा बालवालिका आश्रित स्थानमा आएर केन्द्रको अवलोकन सहित श्रेष्ठद्धारा सहयोग हस्तान्तरण गरिएको हो । 

सिन्धुपाल्चोक  जिल्ला जुगल गाउपालिका  वार्ड न ६ स्थायी ठेगाना   रहेका श्रेष्ठको हाल मलेसिया कर्मथलो बनेको छ । यस सहयोगले विद्यालय भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरुलाई ठुलो सहयोग पुुगेको संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीले जानकारी दिए । उनी भन्छन्, ‘यस सहयोगले बालिकाहरूको  उचित शिक्षा प्राप्त गर्नमा ठूलो भुमिका हुनेछ । यस सहयोगबाट  समस्त बालबालिकाको जीवनमा स्थायी प्रभाव पार्नको साथै सबै बालबालिकाको भबिस्य सफलता उन्मुख रहेको स्पष्ट हुन्छ ।’

कार्यक्रममा एनआरएनएका कमिटि जोरबारुको अध्यक्ष बेदनाथ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर सिंह, कोषाध्यक्ष तिलकबहादुर श्रेष्ठ, सचिब  छबिलाल गिरी लगायत उपस्थित थिए । 

सम्पुर्ण कमिटी को २९ जना नै सदस्यहरुलाई अध्यक्ष शिवाकाटीले धन्यवाद दिएका छन् ।  





0 comments

Write Down Your Responses