Powered by Blogger.
पूर्वराष्ट्रपति डा. यादव भन्छन्, ‘माधव बाबु नभएको भए हाम्रो संविधान मासिन सक्थ्यो’


काठमाडौ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक सार्वजनिक गरिएको छ । 

मंगलबार सार्वजनिक  भएको पुस्तकमा नेकपा (एकीकृत समाजवादी) का तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकालाई ब्याख्या गरिएको छ । 

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा उक्त पुस्तक विमोचन गरिएको हो । मंगलबार आयोजित पुस्तक विचोन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा.यादवले लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।  पूर्वराष्ट्रपति डा.यादवमा संसद विघटनप्रति संकेत गर्दै माधवकुमार नेपाल नभएको भए संविधान मासिन सक्ने खतरा रहेको स्मरण गराउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेताहरू धेरै छन् । तर, माधवकुमार नेपाल जस्तो सालिन नेता कम छन्। पुष्पालल, मनमोहनपछि माधव नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको राजनेता हो। उहाँको शालिनता र इमान्दारिताको जति प्रशंसा गरेपनि कम हुन्छ । म राष्ट्रपति थिएँ, त्योबेला माधवजी प्रधानमन्त्री हुनुहुन्थ्यो। अनमिनको बिदाई गर्नेबारे हाम्रोबीच महत्वपूर्ण कुरा हुन्थ्यो। जतिसक्दो चाँडो अनमिनलाई पठाईदिउ भनेर भन्नुहुन्थ्यो। त्यो निक्कै महत्वपूर्ण काम गर्नुभयो। शान्तिप्रक्रिया, लडाकु व्यवस्थापनमा उहाँको भूमिका महत्वपूर्ण छ।’  

उहाँले भन्नुभयो, ‘माधव बाबु नभएको भए हाम्रो संविधान मासिन सक्थ्यो। कम्युनिष्ट आन्दोलनको मात्रै नभएर प्रजातान्त्रिक आन्दोलनमा माधव नेपालजीको महत्वपूर्ण भूमिका रहेको छ । आगामी दिनमा पनि महत्वपूर्ण भूमिका रहोस् भन्ने मेरो शुभकामना छ।’ 

कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल, जयन्ती राई, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । लेखन कुञ्जको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष कमल ढकालले कार्यक्रमको अध्यक्षता गरेका थिए । 







0 comments

Write Down Your Responses