Powered by Blogger.
पूर्वमन्त्री गौचनद्धारा खेलाडीलाई पुरस्कार प्रदान


काठमाडौं । क्योकुसिन कराँते कराते डो सङ्घ बज्रले १८ औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला कन्ट्याक्ट करातेँ प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको छ ।

एक औपचारिक कार्यक्रमबीच १८ खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेको हो। प्रतियोगितामा देशभरबाट करिव एकसय खेलाडी सहभागी थिए । 

प्रतियोगिताका प्रमुख अतिथि पूर्वमन्त्री जगत गौचनले खेलकुदका माध्यमबाट मुलुकको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकिने बताउँदै त्यसका लागि समर्पित खेलाडीहरूको सामाजिक सुरक्षामा जोड दिनुभयो।

काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख राजाराम श्रेष्ठले खेलकुद क्षेत्रबाट पनि राष्ट्र निर्माण तथा सामाजिक विकासमा योगदान गर्न सकिने भावनाको विकास गर्न खेलाडीलाई आवश्यक सेवा र सुविधा उपलब्ध गराउने दायित्व राज्यको भएको विचार व्यक्त गर्नुभयो। 

कार्यक्रम आयोजक समितिका प्रतिनिधि मिनबहादुर शाहीले उत्कृष्ट खेलाडीलाई हौसला प्रदान गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर राउत, नेपाली सेनाका सेवा निवृत्त कर्णेल प्रकाश कार्की, समाजसेवी महेश कुँवर, खेलाडी किशोर गुरुङ,राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष अन्जना शाह तथा सोही संगठनकी नेतृहरु शर्मिला शाह, राधा शाह, बसन्ती शाहीलगायतले प्रतियोगिताका सहभागीहरूले नेपाली खेलकुदको विकासका गरेको योगदानको सराहना गर्नुभयो।




0 comments

Write Down Your Responses