Powered by Blogger.
चित्लाङमा नेपाल बैंकको शाखा स्थापना


मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा नेपाल बैंकको शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले  गत आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

उक्त शाखाको उद्घाटन चित्लाङ शाखा प्रमुख,वडा अध्यक्ष ,समाजसेवी,राजनीति दलका प्रतिनिधिहरुको रोहवरमा भएको हो ।  नयाँ शाखा मार्फत बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेबा उपलब्ध गराइने छ । 

देशको ग्रामिण तह सम्म बंकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार चित्लाङमा खोलेको बैंकका प्रमुख रोसन तिवारीले जानकारी दिनु भयो । 

उहाँले काठमाडौ नजिक पर्यटकीय क्षेत्र भएता पनि बैंकिङ सेवाबाट बन्चित हुन परेकोले समेत यस क्षेत्रलाई रोजेको प्रमुख तिवारीले जानकारी दिनुभयो । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्थाको तयारी गरिरहेको बताउनु भयो ।

थाहा नगरपालिका–९ चित्लाङका वडा अध्यक्ष राजकुमार बलामीले चित्लाङमा बैंकिङ्ग सेवा विस्तार हुँदा सो क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधि थप चलायमान हुनेमा आशावादी भएको बताउनु भयो । 

८७ वर्ष अघि स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो जसका देशका विभिन्न स्थानमा २ सय ३५ भन्दा धेरै शाखाहरू सञ्चालनमा रहेका छन् ।




0 comments

Write Down Your Responses