Powered by Blogger.
‘व्यवहारमा करुणा’ ध्यान साधना सम्पन्न


काठमाडौं । व्यवहारमा करुणा ध्यान साधना कार्यक्रम सम्पन्न भएको छ । 

बिहीबार काठमाडौंस्थित तामाङ भवनमा भएको ५ दिने ध्यान साधना कार्यक्रम बौद्ध दर्शन प्रबर्द्वन तथा गुम्बा विकास समितिको सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बौद्ध दर्शन प्रबर्द्वन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले बुद्ध चरित्रको मन बनाउन ध्यान आवश्यक रहेको बताए । उनले भने,‘मन एकदम चन्चल हुन्छ । जसलाई एकात्रित बनाउन ध्यानले सहयोग पुग्नेछ ।’

त्यस्तै प्रमुख प्रशिक्षक ङावाङ खेन्रब शेर्पाले यो ध्यानको प्रथम चरण हो । यसमा सहभागी भइदिएकोमा खुशी लागेको बताए । उनले भने, ‘ध्यानको चरणहरु हुन्छन्।यसमा तपाईहरुले सिक्दै जानुपर्छ । 

कार्यक्रमलाई करुणा बुद्विजम  सेन्टर नेपालले व्यवस्थापन गरेका हुन् । करुणा नेपालका लामा सोनाम लामाले यो ५ दिनको ध्यान साधना उपलब्धिमूलक रहेको बताए ।  

यसैगरी ध्यानमा सहभागी सरु डिम्डुङले ध्यानले मनलाई एकात्रित बनाउन ज्ञान मिलेको बताइन् । उनले भनिन्,‘ चञ्चले मन एकात्रित बनाउन असम्भव हुँदोरहेछ । जसलाई ध्यान साधनाले सहयोग पुगेछ । यस्तै ध्यान गरिसकेपछि सीमा तामाङले अनुभव सुनाउँदै ध्यानले आज मलाई जति मन एक ठाउँमा रहन सिकायो त्यो कुरा समाज र  आफुले कार्य गर्ने क्षेत्रसम्म लागु गर्ने प्रयास गर्ने बताइन् ।   

करुणामा ध्यान साधनामा करिब ५ दर्जन बौद्ध धर्मका अनुयायीहरुको सहभागिता रहेका थिए । समापन समारोहमा सबै सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय महिला तथा बालबालिका परिषदका सदस्य इन्दिरा योन्जन, समितिका कर्मचारीहरु सन्जु योङ्ग्या, लक्ष्मी रुम्बा, म्हारसाङ तामाङ र पत्रकार लगायतको उपस्थिति रहेका थिए ।







0 comments

Write Down Your Responses