हेटौंडा । मकवानपुरे समाज काठमाडौंले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बिहीबार एक कार्यक्रमकाबिच आश्रमका अध्यक्ष रामहरि कोईरालालाई समाजका अध्यक्ष अरुणकुमार गुरुङले सामग्रीहरु हस्तान्तरण गरेका हुन् । समाजले आश्रममा रहेका बालबालिकालाई विद्यालय पोशाक, स्टेशनरी र झोलालगायतका सामाग्रीहरु वितरण गरेका थिए ।
अध्यक्ष गुरुङले समाजले आयोजना गरेको पिकनिक कार्यक्रममा बचेको केही रकम र केही मकवानपुरेहरुले आफ्नै स्थानका अनाथ बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्न भन्दै प्राप्त सहयोग रकम हस्तान्तरण गरेको बताए ।
सहयोग संकलनका क्रममा मकवानपुरे उद्योगपति तथा समाजका सल्लाहकार शिव घिमिरेको बिशेष सहयोग रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
कार्यक्रममा समाजका सदस्यहरु पवित्रा दाहाल, मञ्जु जोशी, सरिता कार्की, उत्तम थापा, राजकुमार जोशी, बिजय कोईराला र समाजसेवी बिजेन्द्र अग्रवालको उपस्थितिमा कार्यक्रम भएको थियो ।
काठमाडौंमा विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका र मकवानप’र घर भएकाहरुले संस्था मकवानपुरे समाजले स्थापनादेखि नै विभिन्न रचनात्मक तथा समाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ ।
सेवाको यस महान कार्यमा उपस्थित हुनुहुने र सहयोग गर्ने सबैमा मकवानपुरे समाज काठमाडौका अध्यक्ष अरुण गुरुङले हार्दिक आभार ब्यक्त गरेका छन् ।
0 comments
Write Down Your Responses