काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औं सम्मेलनमा विश्वविद्यालयको छाता ऐन निर्माणका लागि जोड दिइने भएको छ ।
यही वैशाख ८ र ९ गते हुने त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृतिभवनमा हुने सम्मेलनमा विभिन्न विश्वविद्यालहरुमा रहेका समस्याहरुका सवालमा गम्भीर ढंगले छलफल गर्न लागिएको हो । आगामी तीन बर्षका लागि नयाँ नेतृत्व निर्वाचत गर्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ ।
‘पेशागत सुरक्षा र आत्मसम्मान अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल भावका साथ शुरु हुने यस सम्मेलनमा देशभरका करिब सात सय प्रतिनिधिको सहभागिता रहने छ ।
सम्मेलनले विश्वविद्यायलयलाई पारदर्शी, प्रतिस्पर्धी, विद्यार्थी तथा अभिभावकमैत्री बनाउने विषयमा छलफल केन्द्रित गर्ने छ । सबै विश्वविद्यालयलाई सञ्चालन गर्ने विश्वविद्यालयको छाता ऐन तुरुन्त निर्माण गरी कार्यान्वयनमा ल्याउन तथा आंशिक र करार सेवा कार्यरत प्राध्यापकहरुको समस्या, पदोन्नति, वृत्तिविकास, पेन्सन तथा प्राध्यापक शिक्षकको हितमा हुने गरी व्यवस्था मिलाउन छलफल गरिने संगठनका उपाध्यक्ष डा तिलक भुसालले जानकारी दिनुभयो।
विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न, विश्वविद्यालयमा देखिएका समस्याको दिगो समाधान गर्न, प्राध्यापकहरुको प्राज्ञिक उन्नयनको काम गर्न, सामुदायिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको स्तर निर्धारण गर्न संगठन प्रतिबद्ध रहेको केन्द्रीय सचिव देवराज अर्यालले जानकारी दिनुभयो।
विश्वविद्यालयमा देखिएका वेथितिहरुलाई अन्त्य गर्न सम्मेलनले महत्वपूर्ण निर्णय गर्ने उहाँले बताउनुभयो ।
विश्वविद्यालयहरुको स्वायत्तता, प्राज्ञिकता र स्वतन्त्रतालाई कायम राखी उच्च शिक्षालाई राष्ट्रिय अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन र विश्वविद्यालय शिक्षाको शैक्षिक प्रणालीमा सुधार गरी विश्व परिवेश अनुसारको संरचनागत गुणस्तर सुधार गर्नतर्फ प्रगतिशील प्राध्यापक संगठनले आवश्यक पहल कदमी लिने जनाइएको छ ।
देशको आवश्यकता, सम्भावना र चुनौतीलाई दृष्टिगत गरी मानव संशाधन र प्राकृतिक संशाधनको समुचित प्रयोग गरी पाठ्यक्रमको निर्माण गर्ने र समाज रुपमान्तरणमा आवश्यक जनशक्ति विकास गर्ने विषयमा सम्मेलनमा समीक्षा गरिने छ ।
संगठनले त्रिभुवन विश्वविद्यालयदेखि लिएर नेपालका सबै विश्वविद्यालय अन्तरगतका आंज्ञिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुबीच विस्तारित भएको छ । हालसम्म यस संगठनमा आवद्ध सदस्यहरुको संख्या दश हजारको हाराहारीमा रहेको छ ।
संगठनले आम प्राध्यापकहरुको पेशागत हक, हित र सुरक्षाका लागि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन
केन्द्रीय कमिटी, काठमाडौं ।
प्रेश विज्ञप्ति
नेपाल प्रगतिशील प्राध्यापक संगठन नेपाली उच्चशिक्षा क्षेत्रमा क्रियाशील प्राध्यापकहरुको पेशागत वैचारिक संगठन हो । ३०३६ मा न्यूकिलियसको रुपमा विकसित भएको यो संगठनको प्रथम राष्ट्रिय २०४८ सालमा भएको थियो । ११ औं सम्मेलनको संघारमा आउँदै गर्दा यो संगठन त्रिभुवन विश्वविद्यालयदेखि लिएर नेपालका सबै विश्वविद्यालय अन्तरगतका आंज्ञिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुबीच विस्तारित भएको छ । हालसम्म यस संगठनमा आवद्ध सदस्यहरुको संख्या दश हजारको हाराहारीमा रहेको छ ।
आम प्राध्यापकहरुको पेशागत हक, हित र सुरक्षाका लागि निरन्तर आवाज उठाउँदै आइरहेको नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औं सम्मेलन भोलि अर्थात २०८२ साल बैशाख ८ देखि ९ गतेसम्म हुन गइरहेको जानकारी यहाँहरु समक्ष दिन पाउँदा हामीलाई खुशी लागेको छ । भोलिदेखि शुरु हुने संगठनको ११औं सम्मेलन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा हुने भएको छ । सम्मेलनको समुद्घाटन सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले भोलि ८ गते विहान ११ः०० बजे गर्नुहुने कार्यक्रम रहेको छ ।
‘पेशागत सुरक्षा र आत्मसम्मान अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल भावका साथ शुरु हुने यस सम्मेलनमा देशभरिका क्याम्पसहरुबाट आउनु भएका झण्डै ७ सयजना प्रतिनिधिहरु सहभागी हुनुहुनेछ । यस सम्मेलनबाट महासचिव डा. पदमप्रसाद खतिवडाले प्रस्तुत गर्ने साँगठनिक प्रतिवेदन, कोषाध्यक्ष श्री नन्दीकेशर नेपालले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन र उपाध्यक्ष श्री बलराम रायले प्रस्तुत गर्ने संशोधित विधान मस्यौदा पास गर्नुका साथै आगामी तीन बर्षका लागि नयाँ नेतृत्व निर्वाचत गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनबाट विभिन्न विश्वविद्यालहरुमा रहेका समस्याहरुका सवालमा गम्भीर ढंगले छलफल र विशर्म गरिने छ । विशेषतः समयको माग वमोजिम विश्वविद्यायलयलाई पारदर्शी, प्रतिस्पर्धी र विद्यार्थी तथा अभिभावकमैत्री बनाउने उद्देश्य पूरा गर्न ढिलो भैसकेको सम्बन्धमा सबै विश्वविद्यालयलाई सञ्चालन गर्ने विश्वविद्यालयको छाता ऐन तुरुन्त निर्माण गरी कार्यान्वयनमा ल्याउनका लागि जोड दिइने छ । यसैगरी आंशिक र करार सेवा कार्यरत प्राध्यापकहरुको समस्या, पदोन्नति, वृत्तिविकास र पेन्सनको सवालमा पनि प्राध्यापक शिक्षकको हितमा हुने गरी व्यवस्था मिलाउन सम्मेलनमार्फत जोड दिइने छ ।
विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु, विश्वविद्यालयमा देखिएका समस्याको दिगो समाधानु गर्नु, प्राध्यापकहरुको प्राज्ञिक उन्नयनको काम गर्नु, सामुदायिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको स्तर निर्धारण गर्नु, आजको अपरिहार्य आवश्यकता भएकोले यसतर्फ विश्वविद्यालयलाई लैजान नेपाल प्रगतिशील प्राध्यापक संगठन सदैव तयार रहेको र यसमा प्रतिबद्ध रहेको जानकारी सहित विश्वविद्यालयमा देखिएका वेथितिहरुलाई अन्त्य गर्न ११औं सम्मेलनले महत्वपूर्ण निर्णय गर्नेछ ।
देशको आवश्यकता, सम्भावना र चुनौतीलाई दृष्टिगत गरी मानव संशाधन र प्राकृतिक संशाधनको समुचित प्रयोग गरी पाठ्यक्रमको निर्माण गर्ने र समाज रुपमान्तरणमा आवश्यक जनशक्ति विकास गर्नेतर्फ विश्वविद्यालयहरुलाई लैजानु पर्दछ । तसर्थ विश्वविद्यालयहरुको स्वायत्तता, प्राज्ञिकता र स्वतन्त्रतालाई कायम राखी उच्च शिक्षालाई राष्ट्रिय अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन र विश्वविद्यालय शिक्षाको शैक्षिक प्रणालीमा सुधार गरी विश्व परिवेश अनुसारको संरचनागत गुणस्तर सुधार गर्नतर्फ प्रगतिशील प्राध्यापक संगठनले आवश्यक पहल कदमी लिने छ ।
धन्दयवाद ।
डा. तिलक भुसाल, उपाध्यक्ष एवं संयोजक अभिलेखन तथा प्रचार उपसमिति
डा.पदमप्रसाद खतिवडा, महासचिव
डा. खगराज शर्मा,अध्यक्ष,
नेपाल प्रगतिशील प्राध्यापक संगठन
बैशाख, ७, २०८२
0 comments
Write Down Your Responses