Powered by Blogger.
रााष्ट्रिय सुसेली फाउन्डेसनको सातौं वार्षिकोत्सव तथा सम्मान भव्य रुपमा सम्पन्न


काठमाडौं । राष्ट्रिय सुसेली फाउन्डेसन नेपालको सातौं वार्षिकोत्सव सम्पन्न भएको छ । यही वैशाख १२ गते सुसेली उपविधालाई विविध पक्षबाट संवद्र्धन, प्रवद्र्धन एवम् स्थापित गर्न सहयोग गर्नुहुने ३० जना वरिष्ठ  साहित्यकारहरू एवम् संचारकर्मीहरूलाई सम्मान समर्पण गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो । 

राष्ट्रिय सुसेली फाउन्डेसनका संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ को सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा. डा. जगतप्रसाद उपाध्याय ’प्रेक्षित’ को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।  



संस्थाकी संस्थापक केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको यो वार्षिकोत्सवकोे संचालन सुसेलीका संस्थापक केन्द्रीय महासचिव दामोदर ढकाल ’दीपक’ ले गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका केन्द्रीय संस्थापक डा. शैलेन्दुप्रकाश नेपाल, राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालकी संस्थापक केन्द्रीय सल्लाहकार एवम् संरक्षक चन्द्रा न्यौपाने, वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्द मानसिंह कार्की, साहित्यकार, शिक्षाविद् विष्णुप्रसाद पन्तको विशिष्ट आतिथ्य र शुभकामना मन्तव्य रहेको थियो । 

करिब १०० जना साहित्यकारको उपस्थिति रहेको यस कार्यक्रममा वरिष्ठ संगीतकार विष्णु गुरुङले संगीतमय सुसेली प्रस्तुत गर्नुभएको थियो भने उहाँलाई विष्णु लो गुरुङले साथ दिनुभएको थियो। संस्थाका संस्थापक केन्द्रीय कोषाध्यक्ष कृष्ण के.सी. सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सम्मानित हुने कवि साहित्यकारहरूका तर्फबाट वरिष्ठ साहित्यकार, कवि डा. देवी नेपालले आफ्नो मन्तव्यमा सुसेलीको उन्नति र प्रगतिको कामनाका साथ धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि ‘प्रेक्षित’ ले राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालले आफ्नो मौलिकता, पौराणिकता एवम् ऐतिहासिकताका आधारमा अगाडि बढिरहेको र हरेक कवि साहित्यकारको मन जित्दै स्थापित हुुन सफल भएकामा बधाई दिनु भएको थियो । 

अन्तमा सभापति ’भमरकोटे’ ले सुसेलीलाई यहाँसम्म डो¥याउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद एवम् अक्षयकोष दाता र संरक्षक, सल्लाहकारहरूलाई धन्यवादसहित आफ्ना शुभकामना सुसेली गाउँदै पहिलो चरणको कार्यक्रमको समापन गर्नुभएको थियोे ।

फाउन्डेसनको यो वार्षिकोत्सवका सुअवसरमा प्रदान गरिएका सम्मानहरूमा जन्मभूमि सुसेली सम्मान वरिष्ठ कवि श्री ठाकुर शर्मा भण्डारी, डा. शेष–चन्द्रा न्यौपाने सुसेली वरिष्ठ कवि डा. श्री यज्ञश्वर  निरौला, राम–सुशीला सुसेली सम्मान ः वरिष्ठ कवि डा. देवी नेपाल, सुचिता–ऋतु सुसेली सम्मान ः वरिष्ठ साहित्यकार प्रा. डा.  जगतप्रसाद उपाध्याय ’प्रेक्षित’ लाई प्रदान गरिएको थियो । यसैगरी केशव–विमला सुसेली सम्मान ः वरिष्ठ कवि श्री वेदमणि घिमिरे, कमला देवकोटा सुसेली सम्मान – वरिष्ठ कवि प्राज्ञ डा. हेम पौडेल, बम–जानुका सुसेली सम्मान ः वरिष्ठ कथाकार प्राज्ञ श्री माया ठकुरी, मुरली–सरस्वती सुसेली सम्मान ः वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली , कृष्ण–गुनु सुसेली सम्मान ः कवि कलानिधि दाहाल, गंगा सुसेली सम्मान ः महाकाव्यकार श्री चन्द्रप्रसाद न्यौपाने, गंगा सुसेली सम्मान ः समीक्षक अरुण नदी खत्री, चन्द्रा–कमला–शिवहरि  वाग्ले सुसेली सम्मान ः वरिष्ठ साहित्यकार एवम् पत्रकार छविरमण सिलवाल, चन्द्रा–कमला–शिवहरि वाग्ले सुसेली सम्मान ः पुष्कर अथक रेग्मीलाई समर्पण गरिएको थियो । 



यस्तै राष्ट्रिय सुसेली फाउन्डेसन सम्मानः प्रकाशक, मिडियाकर्मी एवम् वरिष्ठ साहित्यकार  दामोदर ढकाल ’दीपक’ र राष्ट्रिय सुसेली फाउन्डेसन सम्मानः टेलिभिजन कार्यक्रम प्रस्तोता एवम्  वरिष्ठ साहित्यकार सुशीला ढकाल अधिकारीलाई प्रदान गरिएको थियो । यस्तै संरक्षक सम्मानः वरिष्ठ साहित्यकार ’सुसेली’ प्रवर्तक, राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालका संस्थापक केन्द्रीय अध्यक्ष एवम् संरक्षक दुर्गाप्रसाद अधिकारी ’भमरकोटे’, वरिष्ठ साहित्यकार, सम्पादक, समीक्षक, राष्ट्रिय सुसेली फाउन्डेसनकी संस्थापक केन्द्रीय सल्लाहकार एवम् संरक्षक श्री चन्द्रा न्यौपाने, वरिष्ठ साहित्यकार 

राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालकी संस्थापक केन्द्रीय सल्लाहकार एवम् संरक्षक  श्री गङ्गा लिगल, वरिष्ठ साहित्यकार संरक्षक सदस्य विमल अर्याललाई प्रदान गरिएको थियो । 

यसैगरी आजीवन सदस्यता सम्मानः साहित्यकार श्री वासुदेव ठकुरी, साहित्यकार श्री पूर्णबहादुर खड्कालाई प्रदान गरियो भने अक्षयकोष स्थापना सम्मान साहित्यकार जानुका थापा  रायमाझी , साहित्यकार श्री कृष्णबहादुर के.सी.सापकोटा, साहित्यकार सफलता न्यौपाने , साहित्यकार श्री मुरलीप्रसाद ढकाल, साहित्यकार श्रीमती सुधा बाँस्कोटा ढकाल, साहित्यकार श्रीशारदा आचार्य, साहित्यकार श्री सीता पाण्डे, साहित्यकार श्री पुनम घिमिरे र साहित्यकार श्री सरला ओझालाई प्रदान गरियो । 





0 comments

Write Down Your Responses