Powered by Blogger.
लेखापढी एसोसिएसनको नवौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु


काठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नवौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशन ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहिबार र श’क्रबार महाधिवेशन हुनेछ । 

 महाअधिवेशनमा करिब आठ सय प्रतिनिधि सहभागी हुने एसोसिएसनका महासचिव कृष्णप्रसाद दाहाल (नवराज) ले जानकारी दिए । उनका अनुसार एक सय ३२ शाखा तथा इकाई, सात प्रदेश, एक उपत्यका र एक केन्द्रीय समितिबाट प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् ।

महाधिवेशनले ३३ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने एसोसिएसनका अध्यक्ष सीताराम दाहालले बताए । केन्द्रीय समितिमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्षहरू सातै प्रदेशबाट एक–एक जनाका दरले सात जना, महासचिव एक, सचिव दुई, कोषाध्यक्ष एक, सह–कोषाध्यक्ष एक, प्रदेश सदस्यहरू उपत्यकासहित आठ र सदस्यहरू ११ जना रहने उनले जानकारी दिए ।

केन्द्रीय समितिको आयोजना र पाटन इकाईको सह–आयोजनामा महाधिवेशन हुन लागेको हो । महाधिवेशन सफल पार्न विभिन्न नौ वटा उप–समिति गठन गरिएको छ । पाटन इकाईका अध्यक्ष दीपक के.सीका अनुसार विभिन्न उप–समितिमार्फत महाधिवेशनको तयारी अघि बढाइएको छ । 



उद्घाटनका दिन बिहीबार बिहान प्रभातफेरीको कार्यक्रम सम्पन्न भएको छ  । यो कार्यक्रममा प्रतिनिधि एवं पर्यवेक्षकहरू प्रभातफेरीमा निर्धारित लोगोसहितको पोशाक (कालो कोट) मा उपस्थित हुन केन्द्रीय समितिले निर्देशन दिएको छ ।

एसोसिएसन देशभरका २० हजारभन्दा बढी लेखापढी व्यवसायीहरूको प्रतिनिधिमूलक पेसागत संगठन हो । देशभरका मालपोत, नापी, यातायातसहित न्यायीक, अर्धन्यायीक तथा सरकारी कार्यालयहरूमा लेखापढी व्यवसायीहरूले सरकारी सेवालाई सरल र सहज बनाउन सहयोग पु¥याउँदै आएका छन् । 

महाधिवेशनको बिहिबार सभाम’ख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ । 





0 comments

Write Down Your Responses