Powered by Blogger.
चेतनापूर्ण वाङ्मय प्रतिष्ठानको सम्मान कार्यक्रम सम्पन्न


काठमाडौं । चेतनापूर्ण वाङ्मय प्रतिष्ठान अर्घाखाँचीको श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रा.डा. होमनाथ भट्टराईको प्रमुख आतियतामा भएको कार्यक्रमको अध्यक्षता डा. मुक्ति रिजालले गर्नुभएको थियो । 

कार्यक्रममा चन््रकान्त आचार्य,राजेन्द्रकुमार आचार्य र विष्णुबहादुर सिंहले श्रष्टा परिचय सहित आतिथ्यता गरेका थिए । कार्यक्रमको सञ्चालन डा. गिरी पन्थीले गनर्’भएको थियो । 

कार्यक्रममा डा.य’वराज पाण्डे, विजुला रायमाझी, डा प्रकाश श्रेष्ठ, लक्ष्मण रायमाझी, प्रा.डा पशुपति अधिकारी, डा. भीम रावल, भोजबहादुर शाह, प्रभाकृष्ण पौडेल, लक्ष्मण वियोगी, द्रोण आचार्य, मधुसुदन अधिकारी, सुर्य अधिकारी, रिसवराज पन्थी, अन्जु केसी, रामप्रसाद भट्टराई लगायत दर्जनौं विद्धानहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत नेपाल सरकारका पुर्व सचिव मधुसुदन भट्टराईले गर्नुभएको थियो । 

कार्यक्रममा लेखक एवं चिन्तक ढुन्डीराज शास्त्रीको परिचय चन्द्रकान्त आचार्य, साहित्य एवं संस्कृतिका शीर्ष पुरुष मोदनाथ प्रश्रितको परिचय राजेन्द्रकुमार आचार्य र गीतकार एवं जनवादी गायक स्व.प्रचण्डबहादुर बुढाथोकीको परिचय विष्णुबहादुर सिंहद्धारा गराइएको थियो । 



कार्यक्रममा संविधानसभा सदस्य, संस्कृतिकर्मी तथा स्व. प्रचण्डबहादुरकी सुपुत्री डा. सिन्धुजलेसा बुढाथोकलाई पनि सम्मान गरिएको थियो । सम्मानीत तिनैजनाबाट मन्तव्य प्रस्तुत भयो । डा. सिन्धु जलेसा बुढाथोकीले आफ्नो पिताको गीत छोरीलाई किन गर्छौं हेला, पढ्नेबेला घरधन्दा झमेला बोलको गीत गाउनुभएको थियो । 

कार्यक्रममा मन्तव्यहरु साहित्यकार तथा पुर्व मन्त्री शान्ता मानवी, डा. भीम रावल र लक्ष्मण रायमाझीले राख्नुभएको थियो । 




0 comments

Write Down Your Responses