Powered by Blogger.
नोबेल साकोसको १ सय १८औं शृङ्खला सम्पन्न


काठमाडौं । बिगत १० बर्षदेखि निरन्तर मासिक रुपमा  साहित्यिक कार्यक्रम गर्दै आएको नोबेल साकोस साहित्य संस्थाले काठमाडौको रत्न पुस्तकालयमा कार्यक्रमको आयोजना गरेर आफ्नो ११८ औ शृङ्खला सम्पन्न गरेको छ ।

संस्थाका केन्द्रीय महासचिव सुशीला ढकाल अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाँई वर्वरिक प्रमुख अतिथि  र डा बम बहादुर थापा  जिताली ,पुष्प लुइँटेल , ध्रुव न्यौपाने ,गंगा कर्माचार्य पौडेल लगायत अतिथि रहनुभएको थियो । 

यस्तै कार्यक्रममा  निर्मल रमण पराजुली ,द्वारिका शर्मा , धरा सापकोटा ,द्वारिका कुइकेल , महेश प्रसाईं, ध्रुव गजुरेल ,मदन  नेपाल  लगायतका अतिथिहरु भएको थियो । 

केन्द्रीय समितिका कोषाध्यक्ष गीता अर्याल, सदस्यहरु बिद्या अनामिका तिवारी,सूर्यबहादुर तामाङ ,रोहित कार्की ,सीता घिमिरेको समेत उपस्थिति रहेको कार्यक्रममा स्पन्दन साहित्य पेजबाट  गीता अर्यालले प्रत्यक्ष प्रसारण गर्नु भएको थियो । 

सदस्यहरु भीष्म राज ढुङेल, पार्वती घिमिरे पौडेल  लगायतको उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन संस्थापक राजन न्यौपानेले गनुभएको थियो । 




0 comments

Write Down Your Responses