काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।
संसद बैठक स्थगित भएपछि मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाहीसमेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए ।
राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिएको उनले बताए । बर्तौलाले राज्यका अंगहरूले स्वतन्त्ररूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको बताए ।
उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहेपनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए ।
बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानुनले काम गरेको र सुशासन प्रवद्र्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे ।
0 comments
Write Down Your Responses