माक्र्सवाद स्वयं माक्र्स र एङ्गेल्सको दृष्टिमा कुनै जडसूत्र होइन, बरु कामकाजको लागि गाइड (पथप्रदर्शन) मात्र हो । एङ्गेल्सले स्पष्ट भन्नुभएको छ ःOur doctrine is not a dogma, but a guide to action यसरी नै लेनिनको दृष्टिमा पनि “माक्र्दवाद कुनै निर्जीव जडसूत्र होइन न त यो पूर्णतया बनिबनाउ र अपरिवर्तनीय सिद्धान्त नै हो बरु यो त कामकार्वाहीका लागि जीवन्त निर्देश हो ।“- Marxism is not a lifeless dogma, not a completed, ready–made, immutable doctrine, but a living guide to action)
हो, माक्र्सवाद कुनै अपरिवर्तनीय सिद्धान्त जरुर होइन । त्यसैले यसलाई आलोचनात्मक रुपले हेर्ने र सिर्जनात्मक रुपले विकास गर्ने गर्न सकिन्छ र गर्न सक्नुपर्छ । तर यसो गर्दा सिर्जनात्मक विकासको नाममा यसको मूल स्पिरिट अर्थात् क्रान्तिकारी आत्मालाई बदल्ने र संशोधनवादको भ्रम र भासमा पर्ने खतराबाट बच्ने कुरामा भने अत्यन्तै सचेत हुनुपर्छ । यसरी नै आलोचनात्मक रुपले हेर्दा पनि ध्वंसात्मक र निषेधात्मक आलोचनाबाट बिल्कुलै बच्नु पर्ने हुन्छ । सिर्जना र आलोचना वा विकास र विनासबीचको यो अन्तर्सम्बन्ध र यसको द्वन्द्ववादलाई सही, वस्तुवादी र विज्ञानसम्मत दृष्टिले हेर्न, बुझ्न र लागू गर्न सक्यो भने मात्र सही मालेमावादी क्रान्तिकारी हुन सकिन्छ ।
माक्र्सवाद संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्र होइन, मुख्यरुपले यो त संसारलाई नै बदल्ने विज्ञान हो । माक्र्स स्वयंले भन्नुभएको छ “दार्शनिकहरूले संसारको विभिन्न तरीकाले व्याख्या गरेका छन्, तर मुख्य कुरा त यसलाई बदल्नु हो।” (एजष्यिकयउजभचक जबखभ mभचभथि ष्लतभचउचभतभम तजभ धयचमि, ष्ल खबचष्यगक धबथक; तजभ उयष्लत ष्क तय अजबलनभ ष्त)
बुझ्ने र बदल्नेबीचको यो अन्तरसम्बन्धलाई पनि क्रान्तिकारी माक्र्सवादीहरुले ठिकसँग बुझ्नु जरुरी छ । कुनै वस्तु, व्यक्ति, विचार, राजनीती वा भावनालाई सही रूपमा बुझ्नु पहिलो आवश्यकता हो भने बुझे पछि त्यसबारे व्याख्या–विश्लेषण गर्दै अर्थात् त्यसका विविध पक्षहरु मुख्यतः सकारात्मक र नकारात्मक पक्षहरूबारे आफ्नो समुदाय र मानव जातिलाई बुझाउनु पर्दछ । बुझ्ने, व्याख्या गर्ने र बुझाउने यो प्रकृयासँगै बदल्ने प्रकृया पनि थाल्नुपर्छ । बदल्ने प्रकृयाबाट अलग रहेर बुझ्नु र व्याख्या गर्नुको खास अर्थ र महत्व हुँदैन । कुनै चीजलाई राम्रोसँग, पूर्ण रुपले र निरपेक्ष रुपले बुझिसकेर मात्र बदल्ने भन्ने पनि हुँदैन । सापेक्षित रुपमा बुझिसके पछि बदल्ने प्रक्रियामा लाग्ने र बदल्ने प्रक्रियामा पनि थुप्रै कुरा बुझ्नुपर्ने हुन्छ, तिनलाई पनि बुझ्दै र थप बुझे अनुसार बदल्नेतिर लाग्नुपर्छ र बुझ्दै र बदल्दै जानुपर्छ ।
त्यसैले क्रान्तिकारीहरुले संसारलाई बुझेर र व्याख्या गरेर मात्र पुग्दैन बदल्नु नै पर्छ भन्ने कुरामा माक्र्सले धेरै जोड दिनुभएको हो । यहाँनेर पनि बुझ्ने र बदल्ने बीचको समानता र भिन्नता, यी दुईको आपसी सम्बन्ध र यी दुईमध्ये मुख्य र सहायक कुन हो भन्ने पहिचान गरेर काम गर्नुपर्छ । यिनमा अघिल्लो चरणमा बुझ्ने कुरा प्राथमिक महत्वको हुन्छ भने पछिल्लो चरणमा बदल्ने कुरा मुख्य हुन्छ । त्यसैले त माक्र्सले नै “मुख्य कुरा त यसलाई बदल्नु हो“ भन्नू भएको छ ।
हो, यही बदल्ने कार्य बुझ्ने र व्याख्या गर्नेभन्दा कैयौं गुणा जटिल र कठिन हुन्छ । यो त त्याग, तपस्या र बलिदानले भरिएको हुन्छ र यसको लागि साहस, समर्पण र निरन्तरको संघर्ष पनि अनिवार्य रुपले आवश्यक हुन्छ । त्यसैले कुनै काम गर्दा सबै कुरा बुझेर, स्पष्ट भएर, पूर्ण तयारी गरेर र बडो सूझबूझका साथ, कुनै गल्तिकमजोरी नहुने गरि, पुराना गल्ती र त्रुटिहरुलाई नदोहोराउने गरि गर्ने भन्ने कुरा भन्दा र सुन्दा त बडो राम्रो सुनमा सुगन्ध भएजस्तो लाग्छ तर त्यो अवस्तुवादी, अवैज्ञानिक र असम्भव कुरा हो । तसर्थ क्रान्तिकारी माक्र्सवादीहरुले बुझ्ने र बदल्नेलाई दुई खुट्टाले चलेर अघि बढ्ने जस्तो गरी सँगसँगै जसो तर अघि बुझ्ने र पछि बदल्ने र फेरि बुझ्ने र फेरि बदल्ने गर्नु पर्ने प्रकृयालाई अवलम्बन गर्ने र निरन्तरता दिने गर्नु पर्दछ । यो बुझ्ने र बदल्ने प्रकृयाको सम्बन्ध सिद्धान्त र व्यवहारको बिचको सम्बन्धजस्तो पनि छ । सिद्धान्तको प्रयोग व्यवहारमा हुन्छ र गर्नुपर्छ, अन्यथा त्यसको अर्थ र औचित्य हुँदैन । व्यवहारमा प्रयोग गरेपछी त्यसको सहीपना वा गलतपना के हो त्यो पुष्टि हुन्छ । व्यवहारमा जे देखिन्छ त्यसबाट फेरि सिद्धान्त विकास हुने गर्छ । यसरी सिद्धान्त अनि व्यवहार, फेरि सिद्धान्त अनि फेरि व्यवहारको यो चक्र उध्र्वन्मुख रुपमा विकास हुँदै गरेझैं बुझ्ने र बदल्ने प्रकृया पनि निरन्तर अघिल्तिर र माथितिर जाँदै गर्छ र यसरुपमा यो प्रकृयालाई लाँदै जानुपर्छ ।
यहाँनेर अझ विशेषरुपले ध्यानदिनुपर्ने एउटा अर्को कुरा पनि छ । त्यो हो यो बुझ्ने र बदल्ने प्रकृया त्यसमा पनि बदल्ने प्रकृया कठिन भएकोले त्यसको सुरुवात आफैबाट गर्नुपर्दछ । आफूले आफैलाई नबदलेर अरुबाट बदलिने अपेक्षा गर्नु न युक्तिसंगत हुन्छ न नैतिकतासम्मत नै । आफू बदलिएपछी वा आफूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेपछी मात्र अरुलाई बदलिन वा जिम्मेवारी पूरा गर्नको लागि भन्ने आँट र बल प्राप्त हुन्छ र त्यो सार्थक, प्रभावकारी र परिणामदायी पनि हुन्छ । स्मरणीय छ, आफू बदलिएर मात्र पनि हुन्न किनकी समाज र राज्यव्यवस्था बदल्ने कुरा एक्लैदुक्लै सम्भव हुने कुरा होइन । तर सामूहिक, सचेत, संगठित, साहसिक र सशक्त प्रयास गरिएन भने पनि यो सफल हुन सक्तैन । तसर्थ एकताबद्ध र मोर्चाबद्ध भएर जानेकुरामा विशेषरुपले गम्भीर र जिम्मेवार बन्नुपर्दछ ।
माक्र्सभन्दा अगाडिका जर्मन द्वन्द्ववादी दार्शनिक हेगेलले संसारमा वस्तु वा विचारको विकास वाद (त्जभकष्क), विवाद (ब्लतष्–त्जभकष्क) र संवाद (क्थलतजभकष्क) को प्रक्रियाबाट हुन्छ भनेका छन् । विकास हुनको लागि यो प्रकृयामा विवादको मुख्य भूमिका हुन्छ । हेगेलका अनुसार कुनै वस्तु वा ‘वाद’ भित्र स्वयंमा अन्तर्विरोधी गुणहरु हुन्छन् । ती अन्तरविरोधी गुणहरुको बीचमा संघर्ष चल्छ । त्यो संघर्ष नै विवाद हो र विवादबाट अन्ततः एउटा निष्कर्ष निष्कन्छ, त्यो संवाद हो अर्थात् संश्लेषण हो । यसलाई माक्र्सवादले दुई विपरीतहरुको बीचको संघर्ष र एकता ( गलष्तथ बलम कतचगननभि या यउउयकष्तक) को रुपमा बुझ्ने र लागू गर्ने मान्यता राख्छ । माओले त यसलाई अझ स्पष्ट पार्दै अन्तर्विरोध (अमिल्दा पक्षहरुबिचको संघर्ष) लाई सार्वभौमिक भन्नुभएको छ ।
उहाँले हरेक व्यक्ती, वस्तु, पार्टी–संगठन आदि जहाँकहीं पनि अन्तर्विरोध अनिवार्यतः हुन्छ । त्यही अन्तरविरोध (संघर्ष) को प्रक्रिया निरन्तर चलिरहने र त्यसैका कारणले सम्बन्धित व्यक्ती, वस्तु वा पार्टीको विकास हुने कुरा स्पष्ट गर्नुभएको छ । यदि कुनै पार्टीभित्र अन्तर्विरोध भएन वा अन्तर्संघर्ष चलेन भने न त्यहाँ जीवन आउँछ न त कुनै गति नै भन्ने कुरा समेत माओले प्रस्ट पार्नुभएको छ । त्यसैले मालेमावादीहरु अर्थात् द्वन्द्वात्मक भौतिकवादी क्रान्तिकारी कम्युनिस्टहरु वाद–विवाद–संवाद वा एकता–संघर्ष–रुपान्तरणको प्रकृयाबाट गुज्रँदै आआफ्ना पूर्ववत आधार र मान्यताहरुलाई जडता, यान्तृकता, रुढ र आग्रहका आधारमा पक्रेर होइन नयाँ र आजका वस्तुगत र वास्तविक आधार र मान्यताहरुमा टेकेर नयाँ एकता, नयाँ पार्टी, नयाँ आन्दोलन र नयाँ व्यवस्था निर्माण, संचालन र विकासमा होमिनु पर्दछ । यही नै द्वन्द्वात्मक भौतिकवादी मान्यता अर्थात् सही क्रान्तिकारी माक्र्सवादी मान्यता हो ।
एडुवार्ड बन्स्र्टीनले भनेको जस्तो “लक्ष केही होइन, आन्दोलन सबथोक हो“ -Philosophers have merely interpreted the world, in various ways the point is to change it_ भन्नेजस्तो बुझाई र गराइ पनि एकाङ्गी, अधिभूतवादी वा बुर्जुवा सुधारवादी विचारकै अभिव्यक्ती हो । वास्तवमा यहीँबाट माक्र्सवादमा सुधारवादले प्रवेश गरेको थियो र माक्र्सवादको क्रान्तिकारी आत्मालाई खान सुरु गरेको थियो । वास्तवमा महान् क्रान्तिकारी नेतृ रोजा लक्जेम्बरले भनेझैं सुधारहरु र क्रान्तिको बिचमा छुट्टाउन वा फुकाउन नसकिने एउटा गाँठो परेको हुन्छ ।
यसबारे अझ प्रस्ट पार्दै रोजाले भन्नुभएको छ –The struggle for reforms is the means the social revolution is the aim उहाँ अगाडि थप्नुहुन्छ कि माक्र्सवादको अन्तिम लक्ष सामाजिक रुपान्तरण हो । सुधारहरु वर्गसंघर्षका साधनहरु मात्र हुन् तर लक्ष–उद्देश्य होइनन् ।(The final goal of socialism is the only decisive factor that distinguishes us from bourgeois democracy तर बन्स्र्टिनले सुधारवादी आन्दोलनहरुले नै समाजलाई क्रमिक रुपमा लोकतान्त्रिकरण गर्दै समाजवाद प्राप्त गर्न सकिने तर्क गर्छन् । त्यसैले क्रान्तिकारी माक्र्सवादीहरु त एउटा लक्ष निर्धारण गरेर आन्दोलन गर्ने र त्यो पनि ससाना सुधारका आन्दोलनहरु मात्र होइन क्रान्तिकारी अर्थात् गुणात्मरुपले नै भिन्न, उच्च र निर्णायक आन्दोलन गर्ने दिशामा जानुपर्छ । त्यसको निम्ति क्रान्तिकारीहरुबिच एकता र ध्रुवीकरण गरी एक पुनर्गठित, सबल, सुदृढ र देसव्यापी पार्टी संगठनको निर्माण अनिवार्य हुन्छ । क्रान्तिकारीहरुले यसै दिशामा जोड गरेर आफूलाई क्रान्तिकारी माक्र्सवादी साबित गर्नुपर्छ न कि ससाना ग्रुपमा रहेर ससाना सुधारका कामहरु गरेर सुधारवादी बन्स्र्टीनपन्थी साबित हुनमा ।
माक्र्सवादीहरु बौद्धिक क्रान्तिकारीभन्दा पनि क्रान्तिकारी बौद्धिक हुन्छन् र हुनुपर्छ । यी दुईमा सामान्यतया त्यस्तो फरकजस्तो न लाग्नसक्छ तर यिनमा सोंचेभन्दा बढी फरक छ ।
AI Overview मा बताइएको यो व्याख्याबाट यी दुई कुरामा रहेको भिन्न्ततालाई बुझ्ने कोसिस गरौं ः An intellectual revolutionary ( बौद्धिक क्रान्तिकारी) while a revolutionary intellectual माक्र्स–एङ्गेल्स स्वयं पनि निकै नै ठुला बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो र उहाँहरु क्रान्तिकारी नेतृत्व पनि हुनुहुन्थ्यो । तर उहाँहरु खाली बौद्धिक क्रान्तिकारी मात्र हुनुहुन्थेन, उहाँहरु त क्रान्तिकारी बौद्धिक नेतृत्व र व्यक्तित्व हुनुहुन्थ्यो । किनकि, उहाँहरु बौद्धिक क्षेत्रमा मात्र सिमित हुनुहुन्थेन बरु त्यसका साथै व्यावहारिक क्षेत्रमा अर्थात् क्रान्तिकारी आन्दोलनको प्रकृयामा समेत सामेल हुनुहुन्थ्यो । उहाँहरु क्रान्तिकारी आन्दोलन मार्फत सक्रियतापूर्वक समाजलाई बदल्नको लागि समर्पित पनि हुनुभएको थियो ।
अन्त्यमा,आशा गरौं आजका क्रान्तिकारी बौद्धिक वा क्रान्तिकारी माक्र्सवादी अथवा भनौं क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवादका यिनै र यस्तै सही प्रस्थापनालाई यही र सहीरुपमा बुझेर आपसमा एकताबद्ध हुन र ध्रुवीकृत हुन पहल लिनेछन् । यसरी उनीहरुले अहिलेको हाम्रो नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको ठोस आवश्यकता क्रान्तिकारी पुनर्गठनको प्रकृयालाई बौद्धिक क्रान्तिकारीको रुपमा मात्र होइन, क्रान्तिकारी बौद्धिकको रुपमा अर्थात् सही माक्र्सवादीको रुपमा आफूहरुलाई पनि समाज परिवर्तनको प्रकृयामा अर्थात् क्रान्तिकारी आन्दोलनको प्रकृयामा इमानदारी र जिम्मेवारीका साथ सम्पूर्ण रुपले समर्पित गर्नेछन् !
(लेखक अखिल नेपाल कम्युनिस्ट पार्टीसँग सम्बद्ध हुनुहुन्छ ।
0 comments
Write Down Your Responses