Powered by Blogger.
नेपाल इतिहास संघले छान्यो नयाँ नेतृत्व


काठमाडौं । नेपाल इतिहास संघलाई इतिहासका क्षेत्रमा कलम चलउने, चासो राख्ने र प्राध्यापन गर्नेहरूको साझा चौतारीका रुपमा चिनिन्छ । २०५४ सालमा विधिवत रुपमा स्थापना भएको यस संघले हरेक वर्षजसो देशका कुना कुनासम्म पुगेर राष्ट्रिय गोष्ठि गर्ने र दवीएर रहेका कुराहरूलाई उजार गर्ने काम गर्र्दै आएको छ । 

इतिहास नै देशको पहिचान हो भन्ने मुल उद्देश्यका साथ गरीने यसखालका गोष्ठीहरू डोटी, सुर्खेत, वर्दीया, लुम्विनी, सीम्रौनगढ, जनकपुर, भोजपुर, धनकुटा, सर्लाही, लम्जुङ, नुवाकोट, किर्तिपुर, भक्तपुर, काभ्रे लगायतका धेरै क्षेत्रमा पुगेर इतिहास खोज्ने काम गर्दै आएको छ । 

यसै क्रममा २०८२ असार १४ र १५ गते काठमाडौको पद्मकन्या क्यासम्पसको डेनिस हलमा राष्ट्रिय गोष्ठि एवम् संघको नवौ महाधिवेश सम्पन्न गरेको छ । दुई दिनसम्म चलेको उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । 

पहिलो दिन राष्ट्रिय गोष्ठि सम्पन्न गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यायलय अनुदान आयोगका पहिलो अध्यक्ष प्रा.डा.कृष्ण बहादुर थापाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुको थियो । 

गोष्ठीमा प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले वीरध्वजा–अभिलेख र विस्काः, प्रा.डा.शंकर थापाले दस्तावेजको कसरी संरक्षण गर्ने भन्ने डकुमेन्ट्री, प्रा.डा.बद्रीनारायण गौतमले इतिहास अध्ययनको आवश्यकता, डा.डोलराज काफ्लेले भक्तपुरका सास्कृतिक सम्पदा र पर्यटन अनि राजेश गाईजुले भक्तपुरमा मनाइने साँपारुमा ताहाःसाँको सांस्कृतिक महत्व गरी ५ वटा कार्यपत्र प्रस्तुत गरिए । 

जुन कार्यपत्रमाथि प्रा.हेमन्त शमशेर राणा, प्रा.डा.सुरेन्द्र के.सी., प्रा.डा.राजाराम सुवेदी, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, प्रा.डा.गोविन्दमान सिंह कार्की लगायतले टिप्पणी गर्नु भयो । 

दोस्रो दिन असार १५ गतेको कार्यक्रम संघको नवौ महाधिवेशन गर्ने रहेको थियो । महाधिवेशनमा देशका कुना कुनाबाट प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रह्यो । 

आजीवन, मानार्थ र साधारण गरी तीन किसिमका सदस्य रहेको हुँदा आजीवन र साधारण सदस्यले आफ्नो मत दिन सक्ने व्यवस्था रहेको छ । जहा महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

अधिवेशनका आधारभुत कुराहरूलाई हलले सर्वसम्मरुपमा पास गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउने क्रममा प्रा.डा.राजा सुवेदीको संयोजकत्वमा निर्वाचन कमिटी र प्रा.डा.कृष्ण बहादुर थापा संयोजक रहेको समन्वयकारी समिति बन्यो । यी दुबै कमिटी र समितिको कुशल पहलमा भावि नेतृत्व पनि सर्वसहमत रुपमा भयो । 

नवनिर्वाचित समितिको अध्यक्ष प्रा.डा.बद्रीनारायण गौतम, उपाध्यक्ष डा.ढाकाराम सापकोटा, महासचिव डा.जगत पराजुली, सचिव चन्द्रकान्त पौडेल, कोषाध्यक्ष मुरारीकृष्ण गौतम र सदस्यमा डा.डोलराज काफ्ले, डा.प्रेमसिह बस्न्यात, डा.सिता हमाल, प्रकाश दर्नाल, ढक बहादुर मगर, रुपा न्यौपाने, हिरालाल कर्ण, अर्जुन बहादुर देउवा, शौन्दर्यवती शाक्य, वासुदेब डल्लाकोटी चयन भएका छन । 

प्रा.डा.गौतम त्रिवि इतिहास केन्द्रीय विभागका विभागिय प्रमुख हुन् भने आर.आर.क्याम्पसमा कार्यरत डा.सापकोटाले यसअघि महासचिव भएर काम गरी सकेका र महासचिव र कोषाध्यक्षलाई सोही जिम्मेवारीमा पुन दोह¥याएको छ ।


0 comments

Write Down Your Responses