Powered by Blogger.
थाहा–६ मा ‘वडा अध्यक्ष कप’ फुटबल प्रतियोगिता असार ११ देखि सुरु


 बज्रबाराही(मकवानपुर) ।  थाहा नगरपालिका वडा नं. ६ मा पहिलो पटक आयोजना हुन लागेको ‘९ ए साइड वडा अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२’ आगामी असार ११ गतेदेखि सुरु हुने भएको छ ।


बज्रबाराही चौरमा आयोजना हुने प्रतियोगिता थाहा नगरपालिका–६ को खेलकुद विकास समितिको आयोजनामा हुन लागेको हो। प्रतियोगितामा नगरका सम्पूर्ण वडाबाट दुई–दुई टिमले सहभागिता जनाउन पाउने छन्।


प्रतियोगितामा विजेता टिमले रु. ५०,००० नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ३०,००० नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने विधागत उत्कृष्ट खेलाडिहरुले समेत नगद र पुरस्कार प्राप्त गर्ने छन् ।


टिम दर्ता शुल्क रु. ५,००० निर्धारण गरिएको छ भने दर्ता गर्ने अन्तिम मिति असार १० गते बिहान ११ बजेसम्म गर्न सकिने आयोजकले जानकारी दिएको छ ।


प्रतियोगितामा सम्बन्धित वडा भन्दा अन्न्य वडाको खेलाडिले सहभागिता जनाउन नपाइने र कुनै टिम र खेलाडीको दावी बिरोध गर्नुपरे २ हजार शुल्क तिरेर खेल संचालन भैरहेको ३० मिनेट समय भित्र गरिसक्नु पर्ने आयोजकले जनाएको छ ।


प्रतियोगितामा खेलाडीले अनिवार्य पोशाक (जर्सी, प्यान्ट, मोजा, जुत्ता) प्रयोग गर्नुपर्नेछ । खेल असार ११ गतेदेखि सञ्चालन हुनेछ ।

खेल सम्वन्धी सहभागिता र थप जानकारीका लागिः सुरेन्द्र थापामगर – ९८६०७८६१४५, सुबर्ण ठकुरी – ९८४१४८७८३० र राजन महर्जन ९८०३०५७०५७ लाई सम्पर्क गर्न सूचित गरिएको छ ।


0 comments

Write Down Your Responses