Powered by Blogger.
वरिष्ठ अधिवक्ता बिडारीलाई मानवअधिकार संरक्षण सम्मान


काठमाडौँ । वरिष्ठ अधिवक्ता रामनारायण बिडारी इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार संरक्षण सम्मान–२०८२ द्वारा सम्मानित भएका छन् । 

एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाले समूहको संस्थापक अध्यक्षको स्मृतिमा स्थापना गरिएको सम्मानबाट बिडारीलाई नगद १० हजार रुपैयाँसहित  हेटौंडा उपमहानगर पालिकाका मेयर मिना लामाद्धारा सम्मान गरिएकोे हो । एमनेष्टी समूह ६७ हेटौंडाको शनिबार भएको २६ औं वार्षिक साधारणसभाको अवसरमा बिडारीलाई उक्त सम्मानद्वारा सम्मानित गरिएको हो ।

संविधानसभा सदस्य समेत रहेका अधिवक्ता बिडारीले मानवअधिकारको क्षेत्रमा पनि उल्लेखनीय योगदान गरेका छन् । 

तत्कालीन द्वन्द्वकालीन समय ( २०५८–५९) उनी मानवअधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य, मानवअधिकार संयुक्त मञ्च संयोजक तत्कालीन मध्यामाञ्चल संयोजनक, मानवअधिकार संयुक्त मञ्च मकवानपुरको संयोजक रहेका थिए ।

नागरिक सरोकार सर्वदलीय समिति मकवानपुरका संयोजक तथा नेपाल बार एशोसियशनको मानवअधिकार समितिको सदस्य समेत भएर मानवअधिकारको क्षेत्रमा काम गरेका थिए।

बिडारीलाई ४ दशकभन्दा बढी समय मानवअधिकारको संरक्षणमा योगदान पु¥याएबापत सम्मानित गरिएको एमनेष्टी समूह ६७ का संयोजक प्रकाश ढकालले बताए ।



0 comments

Write Down Your Responses