Powered by Blogger.
यूसीएलएन साइप्रसद्धारा नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रिय अध्ययनमा नयाँ अवसर


काठमाडौं । यूनिभर्सिटी अफ सेंट्रल ल्यान्काशायर साइप्रस (युसीएएन साइप्रस ) तथा प्लाटिनम शैक्षिक परामर्श संस्था, काठमाडौंको संयुक्त आयोजनामा “यूसीएलएन सूचना सत्र २०८२” काठमाडौंको मेरियट होटलमा भव्य रूपमा सम्पन्न भएको छ । 

सयौं विद्यार्थी, अभिभावक तथा शैक्षिक परामर्शदाताहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको थियो । 

सत्रमा सहभागीहरूले भर्ना प्रक्रिया, शुल्क संरचना, छात्रवृत्ति योजना, अध्ययन अनुमति प्रक्रिया, बसोबासका विकल्प तथा अध्ययनपश्चातका अवसरहरूबारे प्रत्यक्ष जानकारी प्राप्त गरे। 

कार्यक्रममा ईक्यानबाट पूर्व अध्यक्ष प्रकाश पाण्डे, फेकनबाट महासचिव दिपेन्द्र पोखरेल र माछापुच्छ्रे बैंकबाट शिक्षा विभाग प्रमुख सुधा शर्माको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि युनिभर्सिटी अफ सेंट्रल ल्यान्काशायर साइप्रसका प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का अध्यक्ष फ्लोरोस भोनीआटिस थिए । उनले भनेः“नेपाली विद्यार्थीहरूमा देखिएको लगनशीलता, प्रतिबद्धता र सम्भावना देख्दा हामी अत्यन्त प्रभावित भएका छौ ं। हाम्रो संस्था गुणस्तरीय अध्ययन, सुरक्षित वातावरण र अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्न प्रतिबद्ध छ । योग्य विद्यार्थीहरूले यस अवसरको भरपूर उपयोग गरोस् भन्ने हाम्रो चाहना हो।” 

विश्वविद्यालयका प्रवेश तथा भर्ना विभाग प्रमुख रोबर्ट जिओर्जिएड्सले पनि विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै भनेः“हामी नेपालबाट आउने विद्यार्थीहरूलाई सहज, पारदर्शी भर्ना प्रक्रिया र छात्रवृत्तिको अवसर उपलब्ध गराइरहेका छौं। उनीहरूको रुचि र योग्यताअनुसार सही कार्यक्रम छनोटमा मार्गदर्शन गर्नु हाम्रो प्राथमिकता हो।” 

कार्यक्रमको आयोजनामा प्लाटिनम शैक्षिक परामर्श संस्थाको विशेष पहल रहेको थियो। संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी हिमाल गौतम, जो युवाशक्ति, दूरदर्शी नेतृत्व क्षमता र शिक्षाक्षेत्रमा उल्लेखनीय योगदानका लागि चिनिन्छन्, कार्यक्रमका मुख्य आयोजक थिए । 



कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले भनेः “विश्वस्तरीय शिक्षालाई नेपाली विद्यार्थीहरूको पहुँचमा ल्याउनु हाम्रो मुख्य उद्देश्य हो। यूसीएलएएन साइप्रसको नेपालस्थित एकमात्र आधिकारिक प्रतिनिधिका रूपमा, प्लाटिनम शैक्षिक परामर्श संस्था छात्रवृत्तिसहित उच्च शिक्षाको अवसर उपलब्ध गराउन कटिबद्ध छ । योग्य विद्यार्थीहरूले हामीसँग सहकार्य गरी यो अवसरको भरपूर लाभ लिन सक्छन्।” 

कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहका विविध कार्यक्रमहरू, आवश्यक दस्तावेज, योग्यता मापदण्ड, शुल्क संरचना लगायत सम्पूर्ण प्रक्रिया विषयक प्रस्तुति दिइएको थियो। विद्यार्थी तथा अभिभावकहरूसँग प्रत्यक्ष संवादमार्फत जिज्ञासाहरूको समाधान पनि गरिएको थियो । आयोजक संस्थाका अनुसार, यो सत्रले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययनको सम्भावनाबारे स्पष्ट मार्गनिर्देशन प्रदान गरेको छ। 

यही अवसरमा यूनिभर्सिटी अफ सेंट्रल ल्यान्काशायर साइप्रसका अध्यक्ष तथा प्रमुख कार्यकारी फ्लोरोस भोनीआटिसले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनले मन्त्रालयका सचिव चूडामणि पौडेलसँग उच्च शिक्षासम्बन्धी सहकार्यबारे छलफल गरेका हुन् । 

उक्त भेटमा नेपाल र साइप्रसबीच शैक्षिक सहकार्य विस्तार, अन्तर्राष्ट्रिय छात्रवृत्तिका सम्भावना, तथा गुणस्तरीय शिक्षाको पहुँच वृद्धि गर्ने विषयमा सकारात्मक संवाद भएको थियो। भोनीआटिसले भनेः“नेपालका विद्यार्थीहरूमा देखिएको सम्भावना साँच्चिकै प्रशंसनीय छ । हामी उच्च शिक्षाको अवसरलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारसँग सहकार्यका सम्भावनाहरूमा सकारात्मक दृष्टिकोण राख्छौं।”

शिक्षा मन्त्रालयका अधिकारीहरूले पनि यस्ता अन्तर्राष्ट्रिय सहकार्यहरू नेपाली विद्यार्थीहरूको भविष्यका लागि लाभदायी हुने विश्वास व्यक्त गरे। 

भेटमा प्लाटिनम शैक्षिक परामर्श संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी हिमाल गौतम पनि सहभागी थिए । उनले सरकार र विश्वविद्यालयबीचको सहकार्यलाई सशक्त बनाउन प्लाटिनम संस्थाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 

शिष्टाचार भेट सकारात्मक वातावरणमा सम्पन्न भएको र भविष्यमा थप सहकार्यको सम्भावना विस्तार गर्ने सहमति भएको जानकारी दिइएको छ ।



0 comments

Write Down Your Responses