Powered by Blogger.
लेखापढी एशोसियसन कलंकी इकाइद्धारा वृहत रक्तदान


काठमाडौं । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशन कलंकी इकाइ समितिको आयोजनामा बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको छ ।

इकाई समिति कलंकीकाका सह–कोषाध्यक्ष जीवन लुईटेलको संयोजकत्वमा भएको कार्यक्रमको सभाध्यक्ष इकाईका अध्यक्ष अच्युत प्रसाद भट्टराई रहनुभएको थियो । कार्यक्रममा एशोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहाल प्रमुख अतिथि रहनुभएको थियो । 

उक्त कार्यक्रमका अतिथिहरुममा केन्द्रीय कोषाध्यक्ष बासुदेव मिश्र  , केन्द्रका बिभिन्न पदाधिकारीहरु लगायत उपत्यकाका इकाई अध्यक्ष तथा पदाधिकारीहरु लगायत मालपोत प्रमुख पुर्ण बहादुर के सी   साथै मालपोत अधिकृतहरु ,कलंकी इकाईका निवर्तमान अध्यक्ष पुर्णप्रसाद श्रेष्ठ लगायत पुर्ब अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रम सञ्चालक इकाई समिति कलंकीका सचिव नारायणप्रसाद कटेल रहनुभएको थियो । इकाइ समितिले हरेक वर्ष झैं यस वर्ष पनि रचनात्मक कार्यक्रम अन्तर्गत रगतको अभाव भैरहने समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको इकाइका कोषाध्यक्ष श्रीराम बलामीले जानकारी दिनुभयो । 






0 comments

Write Down Your Responses