काठमाडौँ । २१ औँ शताब्दीमा बेरोजगारीको मूल कारण शिक्षाको अभाव होइन, सीपको अभाव हो । हामीसंग भएको प्रमाणपत्रले भन्दा व्यवहारिक सीपले जीवनका चुनौतीहरू सामना गर्न सक्ने शक्ति दिन्छ ।
त्यसैले अबको आवश्यकता यस्तो शिक्षा हो, जसले विद्यार्थीलाई आत्मनिर्भर बनाउने क्षमता दिन्छ, जसले पढाइसँगै जीवनोपयोगी सीप पनि सिकाउँछ । यही यथार्थलाई आत्मसात् गर्दै राजधानीको चाबहिल चुच्चेपाटी स्थित मनास्लु वल्र्ड कलेज आफ्ना विद्यार्थीलाई शिक्षासँगै सीपको विकास गर्दै अगाडि बढिरहेको छ ।
सन् २०२० को कोभिड महामारीकै बेला स्थापना भएको यो कलेजले छोटो समयमै आफ्नो पृथक् परिचय बनाइसकेको छ । शिक्षासँगै सीपलाई जोडेर विद्यार्थीको समग्र विकास गरिनुपर्छ भन्ने मान्यताका साथ सुरु गरिएको मनास्लुले स्थापना कालमै देखाएको भविष्यका नेतृत्वकर्ता जन्माउने आफ्नो प्रतिबद्धता पछिल्ला चार वर्षमा व्यवहारमा उतारेको छ ।
यसै अनुरूप प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय मार्फत विद्यार्थीहरूलाई पुस्तकको ज्ञानसँगै व्यवहारिक तालिम मनास्लुमा दिइँदै आएको छ । शैक्षिक नतिजाका हिसाबले पनि मनास्लु अब्बल देखिएको छ भने अतिरिक्त क्रियाकलापका क्षेत्रमा त यो कलेज राजधानीका धेरै शैक्षिक संस्थालाई उछिन्दै अगाडि बढिरहेको छ ।
चाहे त्यो बास्केटबल प्रतियोगिताको सिलसिला होस्, फुटबलको प्रतिस्पर्धा होस्, गायन तथा नृत्यको भिडन्तमा होस् वा एमबिबिएस र इन्जिनियरिङ छात्रवृत्तिमा भएका उपलब्धिहरू—मनास्लुका विद्यार्थीले सबै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन् ।
‘लर्नर्स टु लिडर्स’ अर्थात् सिकारु बाट नेतृत्वकर्ता भन्ने अवधारणा सहित अघि बढेको मनास्लुमा विद्यार्थीका सफलताका थुप्रै उदाहरणहरू छन्। प्लस टु पढ्दा देखि नै सिर्जनात्मक क्षमता देखाएका र मिडियामा अत्यधिक रुचि देखाएका सबिन राई अहिले मनास्लुको पोडकास्ट अभ्यास हुँदै आफैँ पोडकास्ट सञ्चालन गर्ने भएका छन् ।
मिस मनास्लु जितेर कलेजको ब्राण्ड एम्बेसडर समेत बनिसकेकी स्यारोन वाइबा लामा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि छनोट भएकी छिन् । उनी मनास्लुले दिएको शिक्षा र त्यो भन्दा विशेष व्यक्तित्व विकासको अवसरले आफू सफल भएको बताउँछिन् । त्यस्तै युनिक खरेलले इन्जिनियरिङ अध्ययनका लागि पुल्चोकमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्।
तेह्रथुमकी आकृति लिम्बु अहिले अमेरिकाको अपर्चुनिटी फण्ड छात्रवृत्तिमा स्नातक तह अध्ययन गर्दै छिन्। मनास्लुमा भर्ना भएको दिन सम्झँदै उनी भन्छिन्, “मनास्लु छान्नु मेरो जीवनकै सबैभन्दा राम्रो निर्णय थियो। त्यही निर्णयको जगमा आज म आफ्नो भविष्य निर्माणका लागि पूर्ण छात्रवृत्तिमा विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा पढ्दै छु ” दोलखाकी लक्ष्मी लामा र कपनकी नैना श्रेष्ठले मनास्लुबाट प्लस टु सकेर एमबिबिएसमा पूर्ण छात्रवृत्ति पाए भने सिन्धुपाल्चोकका सजिन तामाङले भारतीय दूतावासको पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ पढिरहेका छन्। उनीहरूका लागि मनास्लु केवल अध्ययनको गन्तव्य नभई भविष्य निर्माणको आधार समेत बन्यो।
यि त केही प्रतिनिधि पात्रहरू मात्रै हुन्। मनास्लु बाट अध्ययन गरेर आज विभिन्न क्षेत्रमा सफलता हात पारिरहेका विद्यार्थीको सुची निकै लामो छ । त्यसैले त हरेक वर्ष एमबिबिएस, इन्जिनियरिङ र विश्वका प्रतिष्ठित विश्वविद्यालयका छात्रवृत्तिमा हरेक वर्ष यहाँका विद्यार्थीले नाम निकाल्ने गरेका छन्।
त्यस्तै अतिरिक्त क्रियाकलापको पाटोमा मनास्लुले झनै लोभलाग्दो सफलता हात पार्दै आइरहेको छ । अघिल्लो जेठमा सम्पन्न मदन भण्डारी कप बास्केटबल प्रतियोगिताको उपाधि मनास्लुले जित्दा त्रिभुवन आर्मी जस्तो बलियो टिमलाई ८६–६६ को स्कोरमा हराएको थियो। तेस्रो मनास्लु एसइई कप, ग्राण्डि, लुम्बिनी एकेडेमी, गोल्डेन गेट, माइलस्टोन, नेपालय, प्राइम, सूर्योदय लगायतका एक दर्जन बास्केटबल प्रतियोगितामा मनास्लु टिमले उपाधि जितिसकेको छ । उपत्यकामा भएका बास्केटबलका अधिकांश प्रतियोगिताहरूमा मनास्लु विजयी भएको छ । यी सबै जितको मूल कारण भनेको कलेजले खेलकुदलाई दिएको प्राथमिकता, अन्तर्राष्ट्रिय मापदण्डमा बनेको बास्केटबल कोर्ट, दक्ष प्रशिक्षक, खेलाडीका लागि छात्रवृत्तिको व्यवस्था र नियमित अभ्यास हो ।
यस्तै सफलता प्राप्त गराउन कलेजको शिक्षा पद्धति, वातावरण र नेतृत्वको भूमिका प्रमुख रहन्छ । मनास्लुका अध्यक्ष गेन्द्र लामाको भनाइमा मनास्लुले आफ्ना विद्यार्थीलाई पाठ्यक्रमको परीक्षामा मात्रै होइन, जीवनको परीक्षामा पनि सफल बनाउने प्रयत्न गर्छ ।
उनी भन्छन्, “किताबको मात्रै होइन, जीवनको पनि परीक्षा पास गराउने सोच राखेर हामी विद्यार्थीलाई शिक्षादेखि सिपसम्म तयार पार्छौँ । बैङ्किङ, होटेल म्यानेजमेन्ट, मिडिया, कानुन, खेलकुद—हाम्रो कलेजमा पढेका विद्यार्थीले हरेक क्षेत्रमा आफूलाई प्रमाणित गर्न सक्ने खालको शिक्षा पाउँछन्।”
कलेजका प्रधानाध्यापक राजन श्रेष्ठ मनास्लुको सिपमूलक शिक्षा बारे भन्छन्, “हामी शिक्षालाई केवल परीक्षा पास गर्ने माध्यम होइन, जीवन निर्माण गर्ने आधार मान्छौँ। विद्यार्थी कक्षा कोठाबाट निस्कँदा उ सँग एउटा सीप पनि हुनुपर्छ भन्ने हाम्रो मूल विश्वास हो। त्यसैले मनास्लु पढ्ने जो कोही विद्यार्थी हातमा प्लस टुको उत्कृष्ट नतिजा र उसको रुचि अनुसारको क्षेत्रको अब्बल सिप लिएर निस्कन्छ”
यसका लागि कलेजले विभिन्न खाले प्रयोगात्मक तालिम सञ्चालन गर्दै आएको छ—जसमा बैङ्किङ, होटेल व्यवस्थापन, मिडिया भ्रमण, फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक डिजाइनिङ, कानुनी प्रशिक्षण र अदालत भ्रमणसम्म समावेश छन्।
अझै विशेष त मनास्लुले अमेरिकी हस्पिटालिटी एकेडेमी सँगको सहकार्यमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई ‘सफ्ट स्किल ट्रेनिङ’ पनि दिइरहेको छ—जहाँ नेतृत्व विकास, ‘पब्लिक स्पिकिङ’, समय व्यवस्थापन, समूह कार्य, आत्मानुशासन, ‘कम्युनिकेसन स्किल’ जस्ता विषयमा तालिम दिइन्छ ।
शिक्षण सिकाइमा विद्यार्थीको रुचि र प्रतिभा अनुसार क्रियाकलाप गराउन सक्ने दक्ष प्राध्यापकहरू, आजको विश्व परिवेश सुहाउँदो प्रविधियुक्त कक्षाहरू, हजारौँ पुस्तकसहितको पुस्तकालय, अनलाइन ई–लाइब्रेरी र विद्यार्थीकै मनोविज्ञान अनुरूप तयार पारिएको सिकाइ पद्धति मनास्लुको बलियो पक्ष हो।
त्यस्तै मनास्लु अतिरिक्त क्रियाकलापलाई क्याम्पस तहमै पहिलो प्राथमिकतामा राख्ने थोरै कलेजहरूमध्ये एक हो। यहाँ नियमित रूपमा फुटबल, बास्केटबल, गायन, नृत्य लगायतका प्रतिस्पर्धा सञ्चालन हुन्छन्।
यसबाहेक कलेजले हरेक वर्ष आयोजना गर्ने मिस्टर एण्ड मिस मनास्लु, डान्सिङ स्टार, सिङ्गिङ आइडल आदिले पनि विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान दिने गरेका छन्।
कलेजले आफ्नो शुल्क नीति पनि सबैका लागि पहुँचयोग्य बनाएको छ । आफूले दिने सेवा सुविधाका आधारमा सुलभ शुल्कमा पढाइरहेको मनास्लुले आर्थिक अवस्थाकै कारण कुनै पनि विद्यार्थीलाई आफ्नो ढोका बन्द गर्दैन ।
गरिब, जेहेन्दार, विकटका तथा फरक क्षमता भएका विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था मिलाएको कलेजले अतिरिक्त क्रियाकलाप, खेलकुद, विशेष प्रतिभा आदिमा अब्बल विद्यार्थीलाई पनि आंशिक देखि पूर्ण छात्रवृत्ति सम्म दिने गरेको छ ।
त्यतिले समेत नसमेटिएका र अति आवश्यक भएका विद्यार्थीलाई सहयोगी संस्था वा निकायमार्फत पढाइ निरन्तरता दिने व्यवस्था पनि कलेजले मिलाइदिने गरेको छ ।
तपाईँ आफ्नो वा आफ्ना विद्यार्थीको पूर्ण विकास चाहनुहुन्छ भने मनास्लु तपाईँका लागि सर्वोत्कृष्ट छनोट हुनसक्छ । मनास्लु, एउटा यस्तो कलेज जहाँ कक्षामा शिक्षा छ, कलेजको वातावरणमा चरित्र निर्माण छ, खेल मैदानमा आत्मविश्वास छ, स्टुडियोमा सीप छ र जीवनमा नेतृत्व गर्ने हिम्मत छ ।
0 comments
Write Down Your Responses