काठमाडौं । पर्यटन र कृषिको उर्वर केन्द्र भूमि ‘थाहामा सत्कार देखि संस्कार सम्म’ नाराका साथ वृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
यही साउन ३१ गते शनिवार थाहा–९ चित्लाङ रिसोर्टमा थाहाको विकासको योजनाबारे छलफल गर्न वृहत अन्तरक्रिया हुन लागेको हो ।
आरोग्य थाहा नगरपालिकाको सहकार्यमा ‘समृद्ध र आरोग्य थाहा नगरपालिका’ भन्ने अभिप्रायका साथ राजनीतिकर्मी, योजनाविद्, समाजसेवी, सञ्चनरकर्मी सहितको वृहत कार्यक्रम हुन लागेको पिङ्क रोज मिडीयाका प्रमुख राजेश महर्जनले जानकारी दिए ।
कार्यक्रम विहान ८.३० बजे सुरु हुने बताइएको छ । कार्यक्रममा त्यस क्षेत्रका प्रतिनिधीसभा सदस्य महेश कुमार बर्तौला, संविधानसभा सदस्य रामनारायण बिडारी, चिकित्सक डा. गोपालरमण शर्मा, नगरप्रमुख विष्णु विष्ट, समाजसेवी जयराम लामिछाने, वरिष्ठ व्यवसायी अजेयराज सुमार्गी, व्यवसायी देबेन्द्र नेपाल लगागत उच्च ओहदाको व्यक्तिहरुको संलग्नता रहने बताइएको छ ।
कार्यक्रममा स्थानीय युवा, वुद्धिजिवि, जनप्रतिनिधी, समाजसेवी सहितले थाहाको विकासको लागि आफ्नो अभिमत राख्ने बताइएको छ ।
0 comments
Write Down Your Responses