Powered by Blogger.
सम्पादकमा बर्तौला नियुक्त


काठमाडौं । दामन पोष्ट साप्ताहिकको सम्पादकमा राम बर्तौला नियुक्त हुनुभएको छ । यसअघि पनि यस साप्ताहिकको कार्यकारी सम्पादक रहिसक्नुभएका बर्तौलालाई यसै अंकबाट लागु हुने गरी सम्पादकको जिम्मेवारी दिइएको छ । 

दामन पोष्ट साप्ताहिकका सम्पादक शन्तराम बिडारी प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा मनोनयन भएपछि बर्तौलालाई सो जिम्मेवारी तोकिएको हो । 

सम्पादक बिडारीले प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा बहाल रहुन्जेलका लागि यस साप्ताहिकको सम्पादक पदबाट पनि अलग हुनुभएको घोषण गर्नुभएको थियो । 

पत्रपत्रिका वर्गिकरण समेत गर्दै आएको प्रेस काउन्सिलको कार्यमा रहँदा सो कार्यमा स्वार्थ नबाझियोस् भनेर साप्ताहिकको सम्पादकबाट अलग हुनु भएपछि पत्रिकाको रिक्त सम्पादक पदमा बर्तौलालाई जिम्मेवारी तोकिएको हो । 

थाहा नगरपालिका, घर्तिखोलाका स्थायी बासिन्दा बर्तौला १९ वर्ष अघि दामन पोष्ट साप्ताहिक स्थापना हुँदा प्रमुख संवाददाता हुनुहुन्थ्यो । त्यसपछि उहाँ विभिन्न कालखण्डमा सहायक सम्पादक, कार्यकारी सम्पादक समेत रहँदै केही समय अध्ययन विदाका कारण पत्रिकाको प्रत्यक्ष जिम्मेवारीबाट अलग समेत रहनुभएको थियो ।

अधिवक्ता समेत रहनुभएका बर्तौला, नेपाली साहित्य र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ भने साहित्यको पाटोबाट समेत चिनिनुहुन्छ । उहाँका करिव आधा दर्जन पुस्तक समेत प्रकाशित भैसकेका छन् । 

‘वुद्ध पुनः एकपटक जन्म लेउ, ‘राष्ट्र उद्गार’ जस्ता कविता संग्रहका अतिरिक्त सामान्य ज्ञान र पाठ्यपुस्तक समेत उहाँद्धारा लेखिएका छन् । बर्तौला नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा प्रदेश पार्षद समेत हुनुहुन्छ । 


0 comments

Write Down Your Responses